विच्चलीमा परेका दिदीभाईलाई शैक्षिक सहयोग

1072

चितवन १७ भदौ ।
आमा परपुरुषसंग दोस्रो बिहे गरी गएसँगै बुबाले अर्कै महिला लिएर भागेपछि बिचल्लीमा परेका दूई दिदिभाईलाई अमेरिकाको नेपाल जर्नी नामक संस्थाले आवासिय सुविधा सहितको शिक्षा प्रदान गरेको छ । बाबुआमाले छोडेर हिडेपछी बिचल्लीमा परेका एकै परिवारका दिदी भाई दुुई जनालाई सहयोग गरिएको हो । बुुबा बैदेशीक रोजगारीमा कतार पुुगेका बेला आमा सबिना चेपागं पर पुरुष संग भागेपछी अभिभावक विहिन बनेका नावालक छोराछोरी बाबुको आशामा बसे, बाबु बैदेशीक रोजगार बाट घर फकेर पुन अर्को बिहेगरी घर छोडेपछी दुुई दिदीभाई बिचल्लीमा परेका थिए । अभिभावक बिहिन भएका ८ वर्षकी संगीता र ७ वर्षका लोकज्ञान गोलेलाइ चितवनको पूूर्वी क्षेत्रमा रहेको बिन्देश्वरी निम्न माध्यामिक बिद्यालयमा आवासीय सुबिधा सहित अध्ययन गर्ने व्यवस्था मिलाएको नेपाल जर्नी संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिइन । अमेरिकामा रहेका नेपालीहरुले सञ्चालन गरेको सो संस्थाले शुुक्रवार बिद्यालय परिसरमा कार्यक्रम गरी उनीहरुलाई आवश्यक कपडा, खाद्यान्न, शैक्षिक सामाhomग्री सहित वासका लागि दुईवटा सुबिधायुक्त पलङ(खाट) प्रदान गरेको विद्यालयका प्रधानाध्यापक भिम प्रसाद खनालले बताए । संस्थाले हरेक महिना विद्यालयको खातामा बिद्यार्थीका लागी आवश्यक मासिक रकम उपल्ब्ध गराउने गरि स्कुल संग सम्झौता भएको खनालले जानकारी दिए । संस्थाले आर्थीक बिपन्न बालबालिकाको शैक्षिक बिकासका लागी आर्थीक सहयोगका साथै बिभिन्न बिद्यालयमा ईलाईब्रेरी बनाउने काम गरेका संस्थाका निर्देशक ईन्दिरा बाग्लेले बताइन । संस्थाले चितवनको बालकुमारी उच्च माबिमा ईलाईब्रेरी निमार्ण, चितवनकै भारलाङ प्राबिमा शैक्षीक सामाग्री सहयोग क्यान्सर बाट ग्रसित बालिका अनिसा कुमालको उपचारमा सहयोग गर्नुका साथै चितवनको रामेश्वर पुस्तकालयमा ई लाईब्रेरी, चितवनको कान्दामा नेपाज जर्नी लाईब्रेरी का साथै मकवानपुरको हेटौडामा करिव १५ लाखको लागतमा नेपाल जर्नी ई लाईब्रेरी निमार्ण थालेको संस्थाका उपाध्यक्ष बद्रि श्रेष्ठले बताए । बिद्यालयका अध्यक्ष दिपक राज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा, नेपाल जर्नीका स्थानीय संयोजक मुुरली प्रसाद गजुरेल,सञ्चार संयोजक प्रकाश सिग्देलले बिद्यालयका प्रअ र बिद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।