शहीद सप्ताह अन्र्तगत बृक्षारोपण

602
बृक्षारोपण गर्दै नेताहरु

वीरगन्ज १७ भदौ ।
शहीद सप्ताह अन्र्तगत तिलावे नदी किनारमा शुक्रवार बृक्षरोपण गरिएको छ । शहीदहरुको सम्झनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बृक्षारोपण गरेको हो ।
गत वर्ष जारी सम्बिधानको बिरुद्ध भएको मधेश आन्दोलनका क्रममा बीरगंजमा मारिएका शहीदहरुको सम्झनामा लोकतान्त्रिक मधेशी मोर्चाले साताब्यापी कार्यक्रमको घोाषणा गरेको छ । गत वर्ष शहीदहरुको बैद्धिक बिधि अनुसार अन्तिम कार्य (दाहसंस्कार) गरिएको स्थानमा बृक्षारोपण गरिएको नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले जानकारी दिए ।
बीरगंज उपमहानगरपालिकाको वडा नं २२ बिन्दवासीनमा पर्ने तिलावे नदीको किनारमा सिसौ,साल,लगायतका बिभिन्न प्रजातीका १ सय १० भन्दा बढी बिरुवा रोपिएको पटेलले बताए । गए

को वर्ष सम्बिधान प्रति असहमती राख्दै गएिको आन्दोलनका क्रममा भदौ १४ गते दिलीप चौरसिया र भदौ १५ गते धर्मराज सिंह,सोहन साह,भोला साह दिनानाथ साह र असोज ३ गते शत्रुघ्न पटेलको प्रहरीको गोलीलागि शाहदत प्राप्त गरेका थिए । बृक्षारोपण कार्यक्रममा नेता पूर्वराज्यमन्त्री करिमा बेगम, फोरम नेपालका प्रदेश सचिव सलाउद्दीन अहमद, पर्सा अध्यक्ष प्रदीप यादव तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र यादव, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकिम अन्सारी, सचिव नेक महमद, नेपाल सद्भाना पार्टीका जिल्ला अध्यक्ष मनोज कर्ण, लगायतको उपस्थिति रहेको थियो ।