नेपाली हाजी हज गर्न साउदी अरबको मक्का मदिना प्रस्थान 

164

काठमाण्डौ १८ भदौ ।
यस वर्ष नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न १ हजार नेपाली मुसलमानहरु गएका छन । नेपाल भरिबाट १ हजार ६ सय ५० जनाले ह जगर्न जानकालागि निवेदन दिएका थिए । तर नेपालले १ हजार मात्र कोटा पाएको राष्ट्रीय मुस्लिम गठबन्धन संघर्ष समितिले जनाएको छ । मुस्लिम समुदायको दोस्रो महान चाड इदुल अज्हा (बकर इद) को अवसर पारी साउदी अरबको मक्का downloadमदिनामा पुगी हज गर्न जाने प्रचलन रहेको छ ।
नेपालबाट हज गर्न जाने हजयात्रीहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ ्र मुस्लिम समुदायको संख्यामा बृद्धि , इस्लामप्रति लगाब, नेपालको अर्थतन्त्रका साथै मुस्लिम समुदायको आर्थिक अवस्था सबल हुदै आएकोले पनि नेपालबाट वर्षेनी हज गर्न जाने ब्यक्तिहरुको संख्या बढीरहेको समितिलका प्रवक्ता शहिद अलीले बताए ।
यस वर्ष हजयात्रीहरूका लागि हवाइ टिकट रु. ९५,४५०्र( ,मक्काको घर भाडा २९३८६.७५ ्र( , यातायात खर्च २६९७८.४७्र(, मिना , आराफत , मोअल्लिम दस्तुर १४३३५्र(, मदिना घर भाडा ८६०१्र( गरी जम्मा १ लाख ७४ हजार ७ सय ५२ रुपैया प्रति व्यक्ति लागेको केन्द्रीय हज कमिटिले जनाएको छ ।
हज पुरा गर्नको लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक रुपमा नमाज पढ्ने, मक्का मदिनाको परिक्रमा गर्ने, उमेर पुगेको जनावरको बली (कुर्बानी) दिने, सफा मर्वा पहाडको परिक्रमा गर्ने, दान दिने जस्ता धार्मिक क्रियाकलाप गर्ने गरिन्छ । हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाइन्छ भन्ने मुस्लिम धर्मावलम्बीहरूको बिश्वास छ ।
इस्लाम धर्म एक मात्र ईश्वरीय जीवन प्रणाली हो । इस्लाम धर्म सम्पूर्ण मानवको लौकिक तथा पारलौकिक सफलताको एक मात्र आधार हो । इस्लाम धर्मका विभिन्न आस्थाहरु, उपसनाहरु, विचारहरु तथा ग्रन्थहरु पनि छन् । इस्लाम धर्ममा इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (ब्रतं), जकात (दान) र हज (तिर्थाटन) गरी जम्मा पाँच आधार स्तम्भ रहेका छन् । हज (तिर्थाटन) पाचौ आधार स्तम्भ हो । उपत्यका जस्तै एक ऐतिहासिक शहर साउदी अरबको पवित्र शहर मक्कामा आर्थिक र शारिरीक रुपमा सक्षम आस्थावानहरुले आफ्नो जीवनकालमा कम्तिमा एक पटक अनिवार्य रुपमा अल्लाहको घर (कावा) को दर्शन र परिक्रमा (तवाफ) गर्न र उपासनाका केही पक्रियाहरु पुरा गर्न अनिवार्य गरिएको छ । अल्लाह सुब्हान व–तआलाले कुरआनको माध्यमबाट दिएको आदेश र तरिका अनुसार अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहु अलैही व–सल्लमको अनुशरण गर्दे सम्पूर्ण आस्थावानहरुले हजको आफ्नो अनिवार्य कार्य पुरा गर्ने गर्दछन् ।