सात बिगाहमा गौशाला निर्र्माण हुने

143

कलैया १८ भदौ । गौ रक्षाको उद्धेश्यले बाराको बतरा गाविसमा शनिवार गौशालाको शिलान्यास गरिएको छ । बतरा गाविसको वडा नं ७ फूलवरियमा रहेको ७ बिगाह जमिनमा गौशालाको निर्माण हुने सराथी सृजनशिल समाजले जनाएको छ ।
गौशाला निर्माणको शिलान्यास बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गनाले गरेका हुन । नेपाल भारत संयुक्त मैत्री गौशालाको नामा निर्माण हुन लागेको सराथी सृजनशिल समाजले जनाएको छ । कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीलाई हिन्दू मुस्लिम एकताको सन्देश दिने काunnamed (6)म गरेको भन्दै प्रमुख जिल्ला अधिकारी ढुङ्गनाले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
कार्यक्रममा सारथी सृजनशिल समाज नेपाल नेपाल भारत संयुक्त मैत्री गौशाला निर्माण अभियानका केन्द्रीय संस्थापक संयोजक एवं पूर्व सांसद मोहनचन्द्र अधिकारी, चक्रदेव जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन यादव, मौलाना नुरुलहोदा, मठका रामानन्द महाराज र कलैया नगरपालिकाका पूर्व मेयर भरत बहादुर मल्लले आ आफनो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।