पूर्व मेसु ठाकुर बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

1000

12274351_1945551859002305_1316125019390652571_nकाठमाडौं २० भदौ । स्वास्थ्य मन्त्रालय अन्तर्गत बीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल लगायत अन्य अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट रहेका डा रामशंकर ठाकुर विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोे छ । बिशेष अदालत काठमाण्डौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी बिरुद्ध मुद्धा दायर गरेको हो । उनलले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै परेको उजुरीका आधारमा छानविन गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
डा रामशंकर ले २०४३ असार ४ गते गतेवाट केन्द्रीय कारागार अस्पतालको मेडिकल अधिकृत पदबाट सेवा प्रबेश गरी २०७२ असोज ७ गते अवकाश प्राप्त गरेका थिए । सार्वजनिक सेवाको पदमा रहँदाको अवस्थामा पेश गरेको सम्पत्तिको विवरण अनुसार उनको आयको तुलनामा अहिले भएको सम्पत्ति अस्वभाविक भएको देखिएको बताइएको छ ।

उनले रु १ करोड १८ लाख २७ हजार १३ को सम्पत्ति गैर कानूनी रुपमा आर्जन गरेको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।
मनासिव कारण बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी खर्च गरेको तथा श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ समेत गरेको देखिन खुल्न आएकाले उनलाई भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन , २०५९ को दफा २० को उपदफा (१) बमोजिम कारबाही गर्न माग गरिएको छ ।
डा.रामशंकर ठाकुरलाई विगो रु १ करोड ८ लाख २७ हजार माग गरिएको छ । यसैगरी उनको श्रीमती विन्दुदेवी ठाकुर र छोरा जितेश ठाकुरका नाममा रहेको श्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न मागदावी गरिएको छ । डा. ठाकुर नारायणी अञ्चलको रौटहत जिल्ला जटहरा गाविस वडा नं ८ का बासिन्दा हुन ।