भरतपुरमा प्रेस चौतारीको भवन बन्ने

261

भरतपुर, २० भदौ ।
भरतपुर चितवनका युवा व्यवसायी एवम् समाजसेवी तेजबहादुर कार्की (केशव) ले प्रेस चौतारी नेपाल, चितवन शाखाको भवन निर्माणको लागि जग्गा उपलब्ध गराएका छन् ।
प्रभु हाउजिङ एण्ड डिलर्स प्रोपोटिज प्रालिका सञ्चालक समेत रहेका कार्कीले भरतपुर ११ बसेनीमा रहेको ४५ लाख रुपैयाँ मूल्य पर्ने जग्गा प्रेस चौतारी चितवनको भवन निर्माणको लागि प्रदान गरेका हुन् । मुख्य सडकबाट सय मिटर भित्र रहेको ठाउँमा २० हात मोहडा सहितको जग्गा कार्कीले सोमबार प्रेस चौतारी चितवनलाई हस्तान्तरण गरे । जग्गा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले आफूले दुखि व्यक्तिहरुलाई सहयोग गर्दै आएकोमा पत्रकारहरुको संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको धारणा राखेका थिए ।
भवन निर्माणको लागि आफूले ऐतिहासिक ठाउँमा जग्गा प्रदान गरेको उल्लेख गर्दै कार्कीले प्रेस चौतारीको भवन निर्माणको लागि सबैले सहयोग गर्नुपर्ने बताunnamed (1)ए ।
कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेलले प्रेस चौतारीको भवन निर्माणपछि पत्रकारहरुलाई सक्षम बनाउन थप मद्दत पुग्ने धारणा राखे । सांसद पोखरेलले चौतारीको सूचना केन्द्र निर्माण गर्ने भवनमा जग खन्नेदेखि डिपीसी निर्माणसम्मको लागि आफूले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै एमाले चितवनका अध्यक्ष जेएन थपलियाल व्यापार नाफाका साथै सेवा पनि भएकोले यसै अन्गर्तत कार्कीले सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै प्रशंसा गरेका थिए । प्रेस चौतारीको भवनलाई ट्रेनिङ सेन्टरको रुपमा विकास गर्दै लैजानको लागि नेकपा एमालेले सक्दो आर्थिक सहयोग गर्ने थपलियाको भनाइ थियो । कार्यक्रममा नेकपा एमाले चितवनका प्रचार विभागका प्रमुख अरुण पिडित भण्डारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, शालिकराम नेपाल, पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोख्रेल लगायत विभिन्न पत्रकारसंग आवद्ध संघ संगठनका प्रमुख एवम् जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
जिल्ला उपाध्यक्ष सुवाष पण्डितले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष तीर्थ नेपालको अध्यक्षतामा भएको थियो ।