नक्कली प्रमाण पेश गरेको आरोपमा डा.सिहं बिरुद्ध मुद्धा दायर

619
डा.सरोज कुमार सिंह

बीरगंज २१ भदौ । नारायणी उप क्षेत्रीय अस्पताल वीरगंजमा मेडिकल अधिकृत सरोज कुमार सिंहले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी नियुक्ति लिएको आरोपमा अख्तियारले मंगलबार विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको छ ।

उनले नियुक्ति हुँदा आई. एस्सी. को झुठ्ठा शैक्षिक प्रमाण पत्र पेश गरेको भनि परेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सिंहले नेपाल सरकारको मेडिकल अधिकृत पद नियुक्ति हुन तथा अन्य लाभ लिने कसुर गरेको अख्तियारको आरोप छ ।

यसै उद्देश्यका लागि सिंहले बिहार ईन्टरमिडियट शिक्षा परिषद् अन्तर्गत राधा कृष्ण पुरुषोत्तम लाल धनुका किसान कलेज बाट सन् १९९९ मा जारी भएको आई. एस्सी. तहको नक्कली एवं झुठ्ठा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको पाईको छ ।

मेडिकल अधिकृत पदमा २०६६ माघ २५ देखी नियुक्ति भई कार्यरत रही लाभ तथा सुविधा लिनु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएकोले सिंह लाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी सहीत मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।