पाइपलाईन निर्माणले निगमलाई दैनीक २९ लाख बचत हुने

608

ioc-resume-supply-nepal-384x280बीरगंज २१ भदौ । पेट्रोलियम पदार्थको आपूर्तीलागि प्रस्तावित पाइपलाई निर्माणको काम चार महिना भित्रमा शुरु हुने भएको छ ।
रक्सौलको भारतीय आयल निगमको डिपो देखी बीरगंज हुदै अमलेखगंज सम्म पाइपलाई निर्माण हुुने भएको हो ।
परियोजनाको बिस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ । आगामी पुष १५ पछि निर्माण कार्य शुरु हुने नेपाल आयल निगमले जनाएको छ । जनघनत्व र माटाको सर्वेक्षण, परियोजना निर्माणस्थलमा पर्ने सिर्सिया नदीको ‘हाइड्रोलोजिकल टेस्ट’लगायत सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । पाइप लाइन निर्माण हुने जमिनको अवस्थाको बारेमा अध्ययन भएको छ । त्यस्तै पाइप लाइन निर्माण क्षेत्रमा पर्ने सिर्सिया नदीको बहाव, नदीले लिने अधिकत उचाइ बहाव तथा न्यूनतम गहिराइको विषयमा पनि अध्ययन अन्तिम चरणमा पुगेको छ । निगम प्रपवक्ता भानुभक्त खनालका अनुसार भदौ २५ भित्र बिस्तृत परियोजना प्रतिवेदन आउने छ ।
करिव ३७ किलोमिटर रक्सौल देखी अमलेखगंज सम्म गरिने निर्माणकालागि २ अर्व ७५ करोड भारतीय रुपैया

फाइल तस्विर
फाइल तस्विर

लाग्ने अनुमान छ । नेपालले ७५ करोड भारतीय रुपैयाको योगदान  दिनु पर्ने छ भने अन्य रुपैया भारतले लगानी गर्ने गरि सम्झौता भएको छ ।परियोजना पूरा भएपछि निगमलाई बिनारोकटोक पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ । निगमका अनुसार परियोजनापछि नेपाल भित्रयाउन ट्यांकरले खपत गर्ने इन्धनबाट प्रतिदिन रु २९ लाख २० हजार खर्च कटौती हुनेछ । त्यसैगरी निगमको रु ७१ करोड वार्षिक ढुवानी खर्च बचत हुन्छ ।