प्रहरी मेरो साथी अभियान अन्र्तगत अन्तरक्रिया सम्पन्न

161

unnamed (1)बीरगंज २१ भाद्र । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी मेरो साथी अभियान अन्र्तगत मंगलवार बिभिन्न सामुदायीक सेवाकेन्द्रका पदाधिकारीहरुसंग छलफल भएको छ ।
अञ्चल प्रहरी कार्यालय नारायणीको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा समाजमा शान्ति सुरक्षा कायम राख्नु र अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने मूल दायित्व बोकेको नेपाल प्रहरीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । समाजमा बढ्दै गई रहेको अशान्ति, असुरक्षा र अमानवीय गतिविधिहरुको सामना र त्यसको रोकथाम प्रहरी एक्लैको एक्लो प्रयासबाट हुन कठिन भएकोले नै नागरिक सहयोग र सर्मथनको आवश्यकता प्रति छलफलमा जोड दिइएको थियो ।
समाजमा शान्ति विना विकासको सम्भावना नै छैन । विकास विना जनताले परिवर्तनको प्रत्याभूति गर्न सक्ने अवस्था नरहने भएकोले शान्ति सुरक्षा कायम गर्न प्रहरी नागरिको सहकार्यमा थप जोड दिइएको थियो । कार्यक्रममा नारयाणी अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक नारायण सिंह खड्का,जिल्ला प्रहरी प्रमुख डा.राजुबाबु श्रेष्ठ,मुर्ली,कुम्हालटोल,मिना बजार र छपकैयाका सामुदायीक सेवाकेन्द्रका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।