बिकासको बिषयमा सदभावनाले बृहद् छलफल गर्ने

179

unnamed (2)बीरगंज २१ भाद्र । बिभिन्न निर्णयहरु गर्दै सदभावनाको बैठक सम्पन्न, भाद्र २४ गते नारायणी अस्पतालमा वृहत सरसफाई र असोज ८ गते अन्र्तक्रिया कार्यक्रम हुने
सदभावना पार्टीले बीरगंजको बिकासको बारेमा छलफल गर्ने भएको छ । बीरगंजको बिकासका मुद्धाहरुको पहिचान गर्दै त्यसलाई प्रथामिकीकरणमा सहयोग पु¥याउने उद्धेश्यले छलफलको आयोजना गरिएको सदभावनाका नगर अध्यक्ष ओम प्रकाश सर्राफले जनाए । छलफल असोज ८ गतेकालागि आयोजना गरिएको उनले बताए ।
सदभावना पार्टीको मंगलवार सम्पन्न नगरु समितिको बैठकले भदौ २४ गते बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा बृहद् सरसफाई गर्ने निर्णय गरेको छ ।
दशैं ,दिपावली एवं छठ पर्वको उपलक्ष्यमा वृहत खुल्ला रक्तदान कार्यक्रम गरिने र नारायणी उपक्षेत्रिय अस्पतालको सुधार एवं बिकासको लागि निरन्तर दवावमुलक एवं रचनात्मक कार्यक्रमहरु संचालिन गरिने नगर अध्यक्ष सर्राफले बताए ।
बैठकले सरसफाई कार्यक्रमको लागि उपाध्यक्ष दिपक साह र रक्तदान कार्यक्रमको लागि उपाध्यक्ष सुरेश साह लाई संयोजकको जिम्मेवारी दिएको सर्राफले बताए । बैठकमा नगरका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।