भारतको डुवान समस्या हल हुन्छः उर्जामंत्री शर्मा

131

downloadकाठमाडौं, २१ भाद्र । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उर्जाको क्षेत्रमा विदेशी लगानीको वातावरण तयार गर्न सक्रियताका साथ लागिपर्ने बताएका छन ।
राजधानीमा आयोजित ‘हाइड्रो पावरमा बैदेशिक लगानी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले उर्जा क्षेत्रको लगानी सुरक्षित गर्न आक्रामक गतिमा काम गर्न लागिएको दावी गरे ।
मन्त्री शर्माले नीतिगत समस्या र प्रक्रियागत झण्झटका कारण उर्जा क्षेत्रमा लगानी गर्न नीजि क्षेत्र हतोत्साहित भएको भन्दै यो समस्या समाधान गरेरै छाड्ने प्रतिवद्धता जनाए । उनले लाईसेन्स वितरण, आयोजनाको संभाव्यता अध्ययन लगायतका विषयमा देखिएका समस्या समाधान गर्नेगरी नीतिगत सुधारको काम अघि बढेको जानकारी दिए ।
मन्त्री शर्माले बैदेशिक लगानीमा निर्माणाधिन त्रिसुली वान आयोजनालाई तीव्र गतिमा अघि बढाउन उर्जा मन्त्रालयले आवश्यक सम्पूर्ण सहायोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली जनताले पानीको मूल्यबोध नगर्दासम्म देशको विकास संभव नभएको भन्दै मन्त्री शर्माले उर्जा क्षेत्रलाई भौतिक पूर्वाधारको बोन म्यारो को संज्ञा दिए ।
उहाँले नेपालमा रहेको पानीको भण्डारण गर्नसके देशको विकास मात्र होइन भारतको डुबान समस्या पनि समाधान हुने तर्क पेश गरेका थिए ।