मापदण्ड पुरा नगरी घोषणा गरे प्रतिरोध गर्ने चेतावनी

272
फाइल तस्विर
फाइल तस्विर

वीरगंज २१ भाद्र ।
वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्ताका वडा सचिव झुना महरा र वडा परिचालक लालबाबु कुशवाहाले चर्पी नभएको व्यक्तिलाई धमाधम सरसफाई कार्ड बितरण गरेको प्रति न्यु सनराईज क्लबले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । क्लबका महासचिव जितेन्द्र महतोले मंगलवार एक प्रेस बिज्ञप्ती जारी गरी वडा सचिव झुना महरा र समाजिक परिचालक कुशवाहाले बिभिन्न प्रलोभन र दवावमा परी कार्ड बनाईरहेको आरोप लगाए । क्लबले मंगलवार बिहान कार्ड बनाईरहेको ठाँउ प्रसौनी बिर्तामा अनुगमन गर्दा सचिवले चर्पी नभएको व्यक्तिहरुको कार्ड बनाईरहेको फेला पारेको जनाएको छ । खुल्ला दिशामुक्त क्षेत्र घोषणाको बहाना बनाउदै सचिवले बिना अनुगमन र स्थलगत निरिक्षण नै नगरी हावातालमा कार्ड बनाईरहेको क्लवले बिज्ञप्ती मार्फत आरोप लगाएको छ । क्लबले सत्यतथ्य बुझि मात्र कार्ड बनाउन र चर्पी नभएको व्यक्तिलाई बनाएको कार्ड फिर्ता लिन बिज्ञप्ती मार्फत सचिवलाई आग्रह गरेको छ । साथै
करिव ४० प्रतिशत चर्पी मात्र भएको प्रसौनी टोलमा नगरपालिकालेमापदण्ड नपु¥याई गरी भाद्र २७ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने सूचना टाँस गरेको प्रति पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । क्लवले मापदण्ड पुरा नगरी हचुवाको भरमा खुला दिशामुक्त क्षेत्र घोषण गरेप्रतिरोधमा सशक्त कदम चाल्न बाध्य हुने बिज्ञप्ती मार्फत जनाएको छ ।