पुरुष माथिको हिंसा अव अपवाद रहेन

8639
रसना ढकाल
रसना ढकाल

रसना ढकाल

घटना नं १ ः
२० गते दिउसो जिल्ला अदालत काठमाण्डौ भित्र जादाँ प्रांगणमा एक पुरुष टाउकोमा राखेर झोक्राइरहेको देखे । मलाई उहा चिने झै लाग्यो र उहाको नजिक गएर अचम्म मान्दै बोले सर नमस्कार किन हजुर अदालतमा के प¥यो त्यस्तो टाउकोमा हात लगाएर बस्नु भएको उहाँले नमस्कार फर्काउदै केही होइन भन्नु भयो । याहा कुनै मुद्दा परेछ कि ? भन्ने मेरो जिज्ञासामा उहाँले होइन नानी एउटा सानो काम थियो यसो बुझन आएको भन्नु भयो । तउहाँको अनुहारमा सानो कामको तनाव होइन कि बरु ठूलै समस्याबाट गुज्रिएको अवस्था छ भन्ने देखिन्थ्यो । तैपनी पनि उहाँलाई कर लागाएर सोधे होइन सर केही त जरुर छ नत्र भने हजुर याहाँ आउने त कारण नै छैन कही हजुर म्याडम बाट तनावमा परेर त आउनु भएको होइन., मैले ठठ्ठा गर्दै सोधे , तर कुनै जवाफ आएन फेरी सोधे होइन सर भन्नुस के हो हामी केही सहयोग गर्न सक्छौ कि ?…. मेरो जिज्ञासाको कौतुहल्ता देखेर उहा भन्न बाध्य हुनु भयो । नानी तिमी पत्रकार पनि र महिला अधिकारको बारेमा वकालत पनि गर्छेउ आज त्यहि अधिकारले मलाई मर्नु न बाच्नु गराएको छ र आफु सम्बन्ध विच्छेदको निवेदन दिन अदालत आएको तर हाम्रो लागि निवेदन दिने ठाउँ त अन्तै रहेछ र प्रक्रिया पनि लामो रहेछ , के हामी त्यति दिनसम्म यस्तो घटना सहेर बस्ने ? आफनो पिडा कसलाई भनु उहाँले एकै श्वासमा मा आफनो पीडा सुनाउनु भयो । अदालत हामी पुरुषको कुरा सुन्दैन र पुरुषलाई त्यो अधिकार पनि छैन गरे सिधै अदालत आएर पारपाचुकेको निवेदन दिने , के मेरो समस्या समाधान गर्न सक्छेउ तिमी ? महिलाको हकमा सजिलो र पुरुषको हकमा गा¥हो । पुरुषको हकमा न्यायलयले किन यस्तो नजिर बनायो ? उहाँले प्रतिप्रश्न समेत गर्नु भयो ।
समाजमा नाम कमाएको भद्र व्यक्तिको श्रेणीमा पर्ने उहाँलाई आफनो कुरा भन्न कता कता संकोच पनि लाई रहेको थियो किनकी समाजमा उहाँको इज्जत छ । आफनो समस्या अरुमाझ आयो भने बेइज्जत हुन्छ भन्ने एक खाले डर पनि छ । सबैलाई आफना सबै कुरा बताउन सजिलो पनि छैन वास्तविकता भित्र पस्दा यस्तै देखियो । पछि एकदमै आक्रोशित मुद्रामा उहाँले भन्नु भयो तनावको भिड लिएर म बाच्न चाहन्न ।
घटना नं २ ः
त्यसैगरि सोहि स्थानमा अर्कातिर सम्बन्ध विच्छेदका लागि आएका एक जोडि थिए । त्यस घटनामा पति पत्नी विच घरायसी विवाद भएपछि सम्बन्ध विच्छेद जस्तो निर्णयमा उनीहरु पुगेका थिए । उनीहरुको विवाह भएको दुई महिनामात्र भएको रहेछ । त्यस घटनामा पुरुष आफनो कुरा समुहमा राम्रै गरि भनिरहेका थिए । यस घटनालाई बुझदा पत्नीले विना कारण पुरुषमाथि शंका गर्ने , राती अबेला घर आयो भने तिमी काहाँ र कोसँग गएका थियौ ? भन्दै लाक्षंना लगाउने र तुरुन्ताको तुरुन्तै पुलिस बोलाउने र पतीलाई यस्तो गरयो भनेर दोष लगाउने । मलाई पिटयो मार्न खोज्यो भन्दै प्रहरी बोलाएर पतिलाई विनाकारण थुन्न लगाउने गरेको घटना देखेका उनीहरुसँग आएका एक प्रत्यक्षदर्र्शीले बताए । उनले बारम्बार आफनो पतीलाई अहिले महिलाले भनेपछि प्रशासनले सुन्छ तिमीलाई ठूलै सजाय हुन सक्छ भनेर धम्काउने गरेको पनि पाइयो ।
घटना नं १ का पात्र काठमाण्डौ बाफल निवासी वर्ष ४५ का क नाम गरेका पुरुष हुन । विगत १५ वर्ष देखि घरायसी विवादको कारण तनाव बाट गुज्रिरहेका यि पुरुषलाई पत्नीले कुनै पनि हालतमा सम्बन्ध विच्छेदको निवेदन नदिने तर पतिले अर्को विवाह गर्छ भने मेरो कुनै हस्तक्षेप नहुने कुरा उनीले भनिरहिन , तर पुरुष अर्को विवाह गर्ने कुनै मानसिकता नभएको केवल पत्नीको अत्याचारबाट छुटकारा पाउन र बच्चाहरुको लागि पत्नी सँग सम्बन्ध विच्छेदको निर्णय लिन बाध्य भएको । तर सम्बन्ध विच्छेद गर्न पुरुषको हकमा महिला जस्तो सजिलो नभएको कारणले गर्दा उहाँले बारम्बार छुटकारा पाउन आत्महत्याको प्रयासपनि गर्नु प¥यो तर निकास निस्केन ।
तर घटना नं २ का पात्रहरु नयाँ बानेश्वर स्थित थापागाँउ निवासी हुन । यस घटनामा महिला पुरुष दुवै राजी भएर कारणवस एक अर्काबाट छुटै बस्ने निर्णय लिएका हुन् । र विवाह भएको दुइ महिना पुग्दासम्म उनीहरुको जीवनमा यो उतार चढाव आयो ।

यदि महिला पुरुषबाट एकदमै प्रताडीत छिन भने उनी सिधै अदालतमा गएर सम्बन्ध विच्छेदको फिराद दिन सक्ने कानून हामीकाहाँ छ भने पूरुषको हकमा गा.वि.स या नगरपालिकामा निवेदन दिएर वर्ष दिन पछि मात्र अदालतमा मुद्दा आइपुग्ने कानून छ । त्यहि नै पुरुषको हकमा गा¥रो छ भन्नु हुन्छ सर्वोच्च अदालतका अधिवक्ता ओमप्रकास अर्याल । पुरुषको हकमा सम्बन्ध विच्छेदको प्रयास गा¥रो भएको कारणले गर्दा कहि कहि पुरुषले आत्महत्या समेत गरेको अर्यालको भनाई छ । यदि पुरुषले पारपाचुकेको निवेदन दिन्छ भने गा.वि.स र नगरपालिकाले एक वर्षसम्म मिलाउने कोशिश गर्छ त्यसपछि मात्र अदालतमा मुद्दा आउने प्रक्रिया रहेको अधिवक्ता अर्यालेले बताउनु भयो ।
पितृसत्तात्मक सोच र महिलामाथि लादिएका हिंसाजन्य कुरितीका कारण समाजमा महिला जति हिंसामा पर्छन त्यति पुरुष पर्दैनन यो सत्य हो तर बदलिदो समय , एक अर्कामाथि शंकाको भावना र हावी बन्दै गइरहेको पश्चिमी दुषित हावाको कारण पुरुषमाथि पनि हिसा बढदै गइरहेको छ । अहिले शहरी जीवन भित्र यस्ता घटनाहरु धेरै मात्रामा हेर्न पाइन्छ । तर पुरुष माथि हुने हिंसा महिलाको अनुपातमा कमै भएपनि सभ्य समाज स्थापित गर्न कोहि कसैमाथि पनि हिंसा हुनु नहुने बतानउहुन्छ महिला पुर्नस्थापना केन्द्रकी अधिवक्ता निता पोखरेल । घटना एकपक्षबाट मात्रै हेर्नु हुदैन दुवैको कुरा बुझनु पर्छ । पुरुषको हकमा सम्बन्ध विच्छेदको निर्णय लामो भएर केहि हुदैन उहाँहरुलाई सामाजिक मनोविमर्श दिएर एक स्थानमा ल्याउन सकिने उहाँको तर्क छ ।
त्यसैगरि पछिल्लो समयमा दिनमा लगभग ६ या ७ जना पुरुष आएर पुरुषको हकमा सम्बन्ध विच्छेदको प्रक्रियाको बारेमा सोध्ने गरेको काठमाण्डौ जिल्ला अदालत फिराद शाखाका एक अधिकारी बताउनु हुन्छ ।
पुरुष माथि हुने हिंसालाई समाजले अपवादको रुपमा लिन्छ । तर कहिलेसम्म अपवाद भएर पुरुष बस्ने भन्ने जिज्ञासा आउछ । आज अपवाद होला भोलिसम्म होला तर पछि गएर यो घटनाको रुपमा विस्तार भएपछि यसलाई रोक्न छुटटै कानून र सचेतना चलाउनु पर्ने हुन्छ । महिला प्रताडीत भइन भने उनको लागि विभिन्न फोरमहरु छन तर पुरुषको हकमा त्यो छैन उ कि त प्रहरी निर पुग्छ या त आत्म हत्याको प्रयास गर्छ । त्यसैले यस पक्षमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी हुन्छ ।