हेरोइन सहित भारतीय महिला पक्राउ

286

वीरगंज २२ भाद्र  । १८ ग्राम खैरो हेरोइन सहित प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो बीरगंज शाखाबाट खटिएको प्रहरी

घरेलु मदिरा नष्ट गर्दै स्थानीय भलाद्मी प्रहरी र संचारकर्मीहरु
घरेलु मदिरा नष्ट गर्दै स्थानीय भलाद्मी प्रहरी र संचारकर्मीहरु

टोलीले बीरगंज १९ रजत जयन्त्री चोकबाट मिना देवी हजामलाई पक्राउ गरेको हो । भारतको मोतीहारी जिल्ला हरैया थाना परेवा गाउँ वडा नं १ तुमरिया टोल निवासी ५४ वर्षिया हजरालाई प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको हो । लागू औषध खैरो हेरोइन ओसार पसरा गरिरहेको अवस्थामा पक्राउ परेकी हजामका बिषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

यसैगरि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा बिभिन्न मितिमा नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा आज नष्ट गरेको छ ।स्थानीय समाजसेवी र संचारकर्मीको रोहवरमा मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जनाएका छन ।