अनुसन्धानका कर्मचारी बिरुद्ध मुद्धा,सचिव रंगेहात पक्राउ

229

बीरगंज २३ भदौ । महोतरीको बथनाह गा.वि.स., कार्यरत गा.वि.स. सचिव (ना.सु.) गुलाब चौधरीले गा.वि.स.को महिला समुहले भ्रमणका लगि गा.वि.स.को कार्यालयबाट लिएको १ लाखको पेश्की फरछ्यौट गर्न १० हजार घुस लिदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग 14191898_696009383881714_2236711554420960333_nअनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटि गएको टोलीले १० घुस रकम लिदै गर्दाको अवस्थामा सचिव गुलाब चौधरीलाई सदरमुकाम जलेश्वर, वडा नं. ५ स्थित महेन्द्र चोकबाट पक्राउ गरेको हो ।
राष्ट्रिय अनुसन्धान बिभागको झापाका प्रमुख अनुसन्धान अधिकृत पुष्पराज मिश्र, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, पा“चथरको लेखाफा“टका तत्कालीन सहायक सुचक पदमा कार्यरत धनराज अधिकारी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, उदयपुरको लेखाफा“टमा सुचक पदमा कार्यरत रहेका प्रकास कुमार राई बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।
ओहदाको कर्तव्य पालना गर्दा नेपाल सरकारको सम्पत्ती हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले कसुरको मात्रा अनुसार जरिवाना र कैद सजायको मागदावी गर्दै आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको हो ।