जनता दलका माली सदभावनामा

707

वीरगंज २३ भाद्र
माली जातिका केन्द्रीय अध्यक्ष ज्वाला माली बिहिवार सदभावना पार्टीमा प्रवेश गरेका छन । पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले उनलाई अविर टिका लगाई पार्टीमा प्रवेशगराएका हुन । बीरगंज उपमहानगरपालिकाको वडा नं २० unnamed-5अलौमा आयोजीत भेलामा माली सहित अन्य ७६ जनाले बिभिन्न पार्टी परित्याग गरि सदभावना पार्टीमा प्रवेश गरेको पार्टीका नगर सभापति ओम प्रकाश सर्राफले बताए ।
यसैगरी सोही भेलाले नागमनी कुमार मालीको अध्यक्षतामा १७ सदसीय वडा इकाई कमिटी समेत गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा रामअयोध्या प्रसाद ,सचिवमा लालबाबू पटेल ,सह–सचिवमा प्रमोद माली,कोषाध्यक्षमा कपिलदेव प्रसाद ,सदस्यहरुमा राजनाथ राउत,हारुन मियाँ ,दिपलाल पटेल लगायतका रहेका छन् । कार्यक्रममा जिल्ला सचिव राजेश कुमार साह, महिला मंचकी पर्सा अध्यक्ष रेखा साह रामअषिश धानुक लगायतको उपस्थिति रहेको थियो ।