दश करोडको लागतमा कान अस्पताल बन्ने

235

12274351_1945551859002305_1316125019390652571_nवीरगन्ज २३ भदौ । रु“गटा वेलफेयर सोसाइटीका अध्यक्ष मुरलीधर रुङटाले बिहिवार एक कार्यक्रकावीच बीरगंज उपमहानगरपालिकाको गण्डक १८मा निर्माण हुन लागेको कान अस्पतालको शिलान्यास गरेका छन ।
कान अस्पतालको निर्माणकालागि सोसाइटीले २ करोड रुपैया मूल्य पर्ने साढे ४ कठ्ठा जमिन दान गरेको थियो । सोसाइटीले इम्प्याक्ट नेपाल र रिलिफ सोसाइटी अफ कमर्शस“गको सहकार्यमा कान उपचार केन्द्र सञ्चालनका लागि जग्गा प्रदान गरेको हो । २ वर्ष अगाडि नै जग्गा दान गर्ने निर्णय गरिएको भएपनि महाभूकम्प, मधेस आन्दोलन र नाकाबन्दीका कारण भवन निर्माणमा ढिलाई हु“दै आएको थियो । १० करोडको लागतमा अस्पताल बन्ने भएको हो ।
समाज सेवाको क्षेत्रामा केही गरौं भन्ने उद्देश्यका साथ रु“गटा वेलफेयर सोसाइटीको स्थापना भएको संघका अध्यक्ष मुरलीधर रु“गटाले जनाए । स्थापना कालदेखि नै गरिब, असहाय, पीडित एवम् शैक्षिक संस्थाहरुलाई सोसाइटीले सहयोग गर्दै आएको उनले बताए । वार्षिकोत्सवको अवसरमा पर्साका ४ विद्यालयलाई सांसद अनिल रु“गटाले कम्प्युटर र खेलकुद सामग्री समेत हस्तान्तरण गरेका थिए । समाज सेवामा उल्लेखनीय कार्य गर्ने उद्योगपति एंव समाजसेवी महावीर पट्वारी , बनवारीलाल खेतान र पत्रकार इश्वरचन्द्र गौतमलाइ दोशल्ला ओढाएर सम्मान गरिएको थियो । समाज सेवामा लाग्ने व्यक्तित्वलाई अझ प्रेरित गर्न सम्मान गरिएकोे अध्यक्ष रुङगटाले बताए । यही भदौ ८ मा सोसाइटीले नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा ११ लाख रुपैया“ पर्ने डायलेसिस मेशिन प्रदान गरेको थियो । गरिब, असहाय बिरामीलाई उपचारमा धेरै कठिनाई पर्ने भएकाले डायलेसिस मेशिन सहयोग गरेको अध्यक्ष रु“गटाले बताए । सरकारले सरकारी अस्पतालमा मृगौलाका विरामीलाई डायलेसिस निशुल्क गर्ने घोषणा गरेपनि बिरामीको बढ्दो चाप र डायलेसिस मेसिन अभावका कारण उपक्ष्ँेत्रीय अस्पतालले प्रभावकारी सेवा दिन सकेको थिएन् ।
वीरगन्जको औद्यँेगिक घराना मध्येको एक रु“गटा परिवारले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व पुरा गर्न स्वास्थ्य र शिक्षा क्ष्ँेत्रमा सोसाइटी मार्फत सहयोग जुटाउ“दै आएको छ । २०६७ सालमा स्थापना भएको सोसाइटीले विभिन्न सामाजिक संघ–संस्थाहरुस“ग सहकार्य गर्दै वीरगन्ज र आसपासका क्ष्ँेत्रमा सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ । छठ पर्वमा गरिबलाई साडी वितरण, महाभूकम्प प्रभावितलाई राहत सामग्री, जाडो याममा कम्बल वितरण, शैक्षिक संस्थालाई कम्प्युटर तथा भवन निर्माणमा सहयोग जुटाउ“दै आएको छ । गौशाला र विभिन्न धार्मिक प्रतिष्ठानमा समेत सेवाभावले सहयोग गरेको सोसाइटीका सदस्य आकाश रु“गटाले बताए । सोसाइटीले अगाम दिनमा पनि सामाजिक सेवामा निरन्तरता एवम् विस्तार गर्दै जाने जनाएको छ । सोसाइटीका अध्यक्ष मुरलीधर रुंगटाले समाजसेवामा योगदान गर्ने अवसर पाउदा आत्म सन्तुष्टि मिल्ने गरेको बताए । उनले सोसाइटीले विगत दुइ दशक देखि सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएको बताउदै अबका दिनमा पनि सामाजिक सेवामा लागि रहने प्रतिबद्धता जनाए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादव इम्प्याक्ट नेपालका महासचिव बिमल सिन्हा लायन रमेश अग्रवाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।