निर्माण ब्यवसायी संघमा यादवको पल्ला भारी

431
अध्यक्षका उम्मेदवार मोहन यादव
अध्यक्षका उम्मेदवार मोहन यादव

बीरगंज २२ भदौ ।
नेपाल निर्माण ब्यवसायी संघको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका मोहन यादवले आफनो जीत सुनिश्चित भएको बताएका छन । उनले आफू साना निर्माण ब्यवसायीको हितको संरक्षण र प्रर्वद्धनमा क्रियाशिल रहदै आएकोले पनि चुनाव जीत्ने दावी गरे ।
यादवको प्यानल ब्यवसायी प्यानलको रुपमा देखा परेको छ । यादवको प्यानलमा रमेश पाण्डे ,ज्ञानेन्द्र मिश्र,मजहर आलम लगायत सबै बिचारमा संलग्न ब्यवसायीहरुको सहभागिता रहेकोले पनि यादवको समुह निर्वाचनमा जितको नजिक रहेको ब्यवसायीहरुले अड्कलवाजी लगाउदे छन । यादवले आर्थिक पारदर्शीता,साना ब्यवसायीहरुको संरक्षण ,संघका सदस्यहरुको जीवन बिमा मिडिया बिकासमा संघको योगदान जस्ता बिषयलाई आफनो चुनावी ऐजेण्डा बनाएका छन । राजनीतिक बिचारधाराका रुपमा यादव एमाले भएपनि संघको नेतृत्वमा रहदा उनले राजनीतिक आग्रह र पूर्वाग्रह राख्ने गरेका छैनन । यादव पक्षका ज्ञानेन्द्र मिश्रले भने राजनीति संघ भन्दा बाहिर छ त्याहा आफनो बिचार अनुसारको काम गर्छौ संघमा ब्यवसायीहको हित भन्दा बाहिर केही सोचिदैन यादव पनि यही बिचारको भएकोले उनी हाम्रो साझा उम्मेदवार हुन । यादवले संघलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना प्रस्तुत गरेका छन ।सबै सदस्यहरुको साथ लिएर संघलाई आय आर्जन हुने गरि संघको भौतीक सम्पतीको उपयोग गरिने छ उनले भने “त्यसको लागि पार्टी प्यालेसको निर्माण गरेर संचालनको वतारण बनाइने छ जसले नियमित रुपमा संघमा आम्दानी हुनेछ ।”
एक पटक अध्यक्ष भइसकेका यादवलाई फेरी किन अध्यक्षमा प्रतिस्पर्धा गर्दै भनेर सोधिएको प्रश्नमा यादवले संघमा रहेका सानो लगानीका ब्यवसायी साथहीरुको चाहनाका आधारमा आफू उम्मेदवार भएको बताए । उनले साथीहरुको आग्रहका कारण उम्मेदवारी दिएको बताउदै संघलाई सामुहिक प्रयासमा सामुहकि हितकालागि संचालन गर्ने प्रतिवद्धता जनाए । उनले ऐजण्डाहरु सहित हाम्रो सामुहिक प्रतिवद्धताले जीत दिलाउने बिश्वास ब्यक्त गरे । नेपाल निर्माण ब्यवसायी संघ पर्साको चुनाव भदौ २५ गते हुदैछ । वर्तमान अध्यक्ष रामाकान्त चौरसियाले पनि छुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन ।