बिकासको रकममा अनियमितता भएको आरोप

318

ओमप्रकाश चौधरी
बीरगंज २३ भदौ । जिल्ला वन कार्यालय पर्साले पर्यटकीय स्थल बिकासका लागि पठाइएको लाखौ रुपैया हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन । पर्साको शंकरशरैया क्षेत्रको राष्ट्रीय जंगलमा अवस्थित सुगिभार मन्दीर तथा आसपास क्षेत्रको बिकासकोलागि बिनियोजीत रकमको घोटाला भएको स्थानीयले जनाएका छन । अन्तराष्ट्रिय संस्था धयचमिधष्मभ ायचभकत ९ध्ध्ँ०को हरियो वन कार्यक्रम अन्तर्गत सो क्षेत्रको बिकाशका लागि ४८ लाखको योजना स्वीकृत भएको हो । आ व २०७१र०७२ देखि २ बर्षमा सम्पन्न हुने गरी योजनाहरु बनेका हुन । योजना अन्तर्गत तीन कि .मी. बाटो निर्माण गरी ग्रेभल गर्ने, १५ हजार बर्ग मीटरको पोखरी निर्माण, १० बिघा भन्दा बढी जमिनमा बृक्षारोपण गर्ने, र बिधुत लाईनको बिस्तार गर्ने, पोखरीको लागि ठूलो बोरिङग निर्माण गरी मोटर जडान गर्ने वन क्षेत्रलाई काडे तारबार लगाउने लगायतका योजना रहेका छन । तिनै योजनाहरु मापदण्ड अनुसार निर्माण नभएको स्थानीयले गुनासो गरेका छन । सो क्षेत्रमा एउटा पोखरी निर्माण कार्य बाहेक कुनै कार्य नभएको स्थानीय कमलेश यादवले जानकारी बताए । सो पोखरी पनि अधुरो रहेको उनले बताए । पोखरीका लागि जिल्ला वन कार्यालयले १६ लाख ५० हजारमा ठेक्का दिएको र निर्माण कार्य नै पूरा नभइ भुक्तानी दिईसकेको सामाचार स्रोतले जनाएको छ । त्यसै गरी पर्सा निर्वाचन क्षेत्र नं ५ का सांसद जय प्रकाश थारुको पहलमा पर्यटन मन्त्रालयले दुइ कोठे पक्की धर्मशाला निर्माणको लागि योजना स्वीकृत भएको थियो । योजना अनुरुप धर्मशाला भवनको छत समेत ढलान भइसकेको छैन ।अहिले आएर जिल्ला वन कार्यालय पर्साले सो सम्पूर्ण निर्माण कार्य बन्द गर्न लगाएको छ । जिल्ला वन कार्यालय पर्साका
प्रमुख चन्द्रदेवलाल कर्णले राष्ट्रीय जंगलको जग्गा अतिक्रमण गरि कुनै पनि निर्माण कार्य गर्न नमिल्ने जबर्जस्ती गरे कानून बमोजिम कार्यावाही गर्ने बताए । सो निर्माण कार्यमा संलग्न भएका व्यक्तिहरु बिरुद्ध पक्राउ पुर्जी समेत पठाइसकेको उनले बताए ।

उता पर्सा क्षेत्र नं ५ का सांसद जयप्रकाश थारुले जिल्ला वन कार्यालयले गरेका ठूलो रकमको घोटालालाई दवाउन नौटंकी गरेको आरोप लगाएका छन । सुगिभार तथा आसपासको क्षेत्रको बिकासका लागि लागू गरिएका योजनाहरु संचालन भए नभएको ९ध्ध्ँ० को कर्मचारी स्थलगत निरिक्षण तथा अनुगमन गर्न जाँदा जिल्ला वन कार्यालय पर्साका कुनै पनि जिम्मेवार कर्मचारी सहभागी नहुने गरेको स्रोतले जनाएको छ ।