मन नपर्दैमा सम्बिान संशोधन हुदैनःएमाले प्रवक्ता

144

921095_1263744280308072_6472377041702383617_oसुनसरी २३ भदौ नेकपा एमालेका प्रवक्ता योगेश भट्टराईले संबिधान संसोधनको लागि मोदीलाई होइन ओलीलाई पत्र पठाउनु पर्ने बताएका छन । प्रेस चौतारी सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।उनले नेपालको संविधान सँशोधन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएर हुन नसक्ने वताए । सँबिधान संशोधन गर्ने हो भने प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर छलफल गर्नु पर्नेमा उनले जोड दिए । सँबिधान संशोधन आन्तरिक मामिला भएकाले वाहय मुलुकमा छलफल गरेर नहुने उनले प्रष्ट पारे । नब्वे प्रतिशत भन्दा वढि जनताको प्रतिनिधिको समर्थमा वनेको सँबिधान एक दुइजनालाइ मन परेन भन्दैमा सँशोधन नहुने प्रवक्ता भटटराईले वताए । एमाले सचिव भट्टराईले चीनका राष्ट्रपतिको भ्रमण रोकिनु बर्तमान सरकारको कुटीतिक अक्षमता भएको बताए । बर्तमान सरकारको अन्तर्राष्ट्रिय लबिङ गर्ने क्षमताको कमजोरीको कारणले नैं भ्रमण रोकिएको भट्टराईको भनाई छ । चिनिया राष्ट्रपतिको भ्रमण अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन महत्वपूर्ण हुनेथियो,एमाले सचिव भट्टराईले भने “ भ्रमण रोकिनु सरकारको कुटनीतिक अयोग्यता हो ।” उनले यो सरकार देशभित्रमात्र होइन अन्तराष्ट्रिय जगतमा पनि अलोकप्रिय भइसकेको दावी गरे । नेता भटटराईले अहिलेको सरकारलाई पंचर भएको टायरको संज्ञा दिदै पंचर भएको टायरलाई प्रचण्डले कसरी अगाडि वढाउनुहुन्छ आफूहरुले हेरिरहेको बताए ।