युनिसन चेसमा चौधरी प्रथम

448

बीरगंज २३भदौ । शिक्षा दिवसको अवसरमा युनिसन ग्रुप अफ स्कुलद्धारा आयोजित अन्तर स्कुल चेस टुर्नामेन्टको छात्र जुनियरतर्फ मुनलाइट स्कुलका रोहित चौधरी प्रथम भए । त्यस्तै होलि एन्जेल्सका प्रदिप शर्मा दोश्रो र मनकामना स्कुलका अनिश साह तेश्रो भए ।
स्वीस लिग ५ राउण्डको खेलमा छात्र सिनियरतर्फ मुनलाइटकै सुभाष कुशवाह प्रथम, विद्यासदन माविका मो. मोसी आलम मिया दोश्रो र विद्यासदनकै शेराज मियाँ शेख तेश्रो भए ।
रानी सति मन्दीर आदर्शनगरमा संचालित खेलमा छात्रातर्फ unnamed-4मनकामना स्कुलकी नेहा शाह प्रथम, विद्यासदनकी खुश्बु खातुन दोश्रा र मनकामनानै यशुशी श्रेष्ठ तेश्रा भईन् ।
टुर्नामेन्टका विजयी तथा सहभागीहरुलाई कार्यक्रम संयोजक लाल बहादुर गुरुङ्गको सभापतित्वमा प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु, प्याब्सनका भुपु सदस्य अर्जुन शम्शेर जबरा, प्याब्सन पर्सा अध्यक्ष लालबाबु प्रसाद कट्टेललगायतले शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।