राष्ट्रीय शिक्षा दिवसमा पर्सामा सत्र जना सम्मानीत

594

वीरगंज २३ भदौ । ३७ औं अन्र्तराष्ट्रीय साक्षरता तथा राष्ट्रीय शिक्षा दिवस बीरगंजमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय पर्साको आयोजनामा बिहिवार बिहान बीरगंजमा प्भात फेरी निकालिएको थियो । वीरगंज नगर क्षेत्रमा रहेका सामुदायिक एवं निजी बिद्यालयका बिद्यार्थीहरु “समृद्ध राष्ट्रको बिकास जीवन उपयोगी शिक्षामा लगानी” भन्ने मुलनाराका साथ प्रभात फेरीमा सहभागी भएका थिए । घण्टाघरबाट शुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी त्रिजुद्ध उच्च मा.बिको सभाहलमा unnamed-6गई समापन भएको थियो । कार्यक्रममा पर्सा जिल्लामा शिक्षा क्षेत्रमा योगदान पुरयाएका आठ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । नेपाल सरकार शिक्षा मन्त्रालयले हरेक वर्ष शिक्षा क्षेत्रमा कार्य गरेका व्यक्तित्वहरुलाई शिक्षा दिवसकै दिन सम्मान गर्ने गरेको छ । प्रमाणपत्र एवं पदकबाट बाट सम्मानित हुनेहरु जिल्ला शिक्षा कार्यालय पर्साका बिनि शिवजी प्रसाद,त्रिजुद्ध उच्च माबिका किरण तम्राकार,नृसिंह उच्च मा.बि पिपराका चन्देश चौहान, सृजना शान्ति प्रा.बि.का बिन्देश्री पटेल त्यस्तै प्रंशसा पत्र बाट सम्मानित हुनेमा नेराउच्च माबि ठोरीका ब्यवस्थापन समितिका अध्यक्ष श्रीराम प्रसाद कुँवर, शिक्षा प्रेमी जनक महतो, दिव्य कन्या मा.बि बिरञ्जीवर्वाका प्र.अ रामजतन प्रसाद ,श्री रारा चौरसिया मा.बि झौवागुठीका राजेश्वर चौरसिया सहित गत बर्ष मधेस आन्दोलनका कारण कार्यक्रम हुन नसकेकोले आजै सो बर्षका पदक प्रमाणपत्र बाट सम्मानित हुनेहरु माईस्थान बिद्यापिठका प्रअ बिनोद मेहता, त्रिजुद्ध उच्च मा.बिका बिधिचन्द्र सहनी , जिल्ला शिक्षा कार्यालय पर्साका श्रोत व्यक्ति शोभा शर्मा रिजाल, पशुपति निमाबि पर्साका शिक्षक भागीरथी चौधरी, नेराप्रा.बि मधुवनीका भुपेन्द्र तिवारी र प्रंशसा पत्रबाट सम्मानित हुनेमा पन्नालाल उच्च मा.बि.का अध्यक्ष कृष्णा कुमार कलवार, शालोम माunnamed-7बि गहवाका शिक्षक रामसुन्दर चौधरी,माउण्ट एडमाउण्ट माबिका अध्यक्ष अर्जुन शम्सेर जबरा बीरगंजका पत्रकार सन्तोष पटेल रहेका छन । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तव र बिभिन्न शिक्षक संगठनका अगुवाहरुले सम्मान र पदक हस्तान्तरण गरेका थिए । जिल्ला शिक्षा कार्यालय पर्साका निमित प्रमुख हरी राउत कुर्मीको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा प्रहरी निरिक्षक जीवनलाल चुडाली, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य वृजमोहन तिवारी, नेपाल शिक्षक संघ पर्साका अध्यक्ष तिर्थराज यादव, नेपाल शिक्षक मंच पर्साका दिनेश चौरसिया, नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसनका लक्ष्मन साह, प्याब्सन पर्साका अध्यक्ष लालबाबु पटेल, नेपाल शिक्षक महासंघ पर्साका चन्देश चौहान, अगुवा नेताहरु हरेन्द्र चौरसिया, मन्जु मिश्रा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जिल्ला शिक्षा कार्यालय पर्साका बिनी आशा गौतमले स्वागत मन्तव्य एवं माईस्थान बिद्यापिठका प्रधानाध्यापक बिनोद मेहताले कार्यक्रम संचालन गरेका थिए ।