एमाले पर्साको अधिवेशन मंसीरमा हुने

210

cpn-umlबीरगंज २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साको जिल्ला अधिवेशन आउदो मंसीरमा हुने भएको छ । पार्टीको बीरगंजमा सम्पन्न जिल्ला कमिटी बैठकले अधिवेशन मंसिरमा गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नकालागि पार्टीका संगठीत सदस्यहरुको नविकरण अनिर्वाय रुपमा निर्धारित समयमा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको पार्टीका जिल्ला संयोजक चीरन्जीवी आचार्यले बताएका छन ।

बैठकले पार्टीका कामलाई ब्यवस्थित गर्नकालागि सचिवालयको निर्माण र जिम्मेवारी वाडफाँड समेत गरेको छ । अहिलेलाई ८ सदस्यीय सचिवालय निर्माण भएको छ । सचिवालयमा केही सदस्यहरुको थप मनोनयन हुन सक्ने बताइएको छ । बैठकले बीरगंज नगर समन्वय समितिको संयोजकको जिम्मेवारी मनोज चौधरीलाई दिएको छ । युवा र बिद्यार्थी फाँटको जिम्मेवारी सुदीप लामाले पाएका छन भने प्रचारको बिभागको जिम्मेवारी डा.बिश्वम्भर शर्मासगै रहेको छ ।

बैठकले पार्टीको ठोरी गाउँ कमिटीका सचिव  लालबहादुर क्षेत्रीको निधनप्रति श्रद्धासिुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गरेको छ । बैठकमा पार्टी स्थायी कमिटीका सदस्य प्रदेश नम्बर २ का इन्चार्ज पूर्वमंत्री सत्यनारायण मण्डल पार्टी केन्द्रीय सदस्य सुमन प्याकुरेल दिनेश राई प्रहलाद गिरी लगायतका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा प्रदेश इन्चार्ज मण्डलले समसामयीक राजनीतिक बिषयमा आफनो भनाई राखेका थिए ।