कार्यकारी अधिकृतमाथि हातपात गर्ने प्रशासकीय अधिकृत यादव निलम्वीत

479
प्रशासकीय अधिकृत यादव
कार्यकारी अधिकृत कोइराला
कार्यकारी अधिकृत कोइराला

बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइरालामाथि हातपात गर्ने प्रशासकीय अधिकृत रामदयाल यादव बिरुद्ध पर्सा प्रहरीले सार्वजनीक मुद्धा द्धायर गरेको छ । यादव बिरुद्ध सार्वजनीक अपराध अन्र्तगत मुद्धा दर्ता भएको पर्साका प्रहरी उपरिक्षक डा. राजुबाबु श्रेष्ठले बताए । बीरगंज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत यादवलाई उपमहानगरपालिकाले भने निलम्बन गरेको छ । उनी यो भन्दा अगाडि बिमल श्रीवास्तव बीरगंज उपमहानगरपालिकाको मेयर हुदा पनि निलम्बनमा परेका थिए । कार्यकारी अधिकृतमाथि भएको हातपातलाई गलत अराजकतापूर्ण काम भन्दै कर्मचारी बैठकले बिरोध गरेको छ । बैठकले नै कार्यकारी अधिकृतलाई कारवाही अगाडि बढाउन सुझाव दिएको एक अधिकृतले बताएका छन । बैठकले सार्वजनीक मुद्धा दिने र बिभागिय कारवाही गर्ने निर्णय गरेको ति अधिकृतले बताए । शुक्रवार दिउसो साढे १२ बजे आफनो कार्यकक्षमा बसेर नक्सावफाँटले तयार गरेको कामलाई अन्तिम स्वीकृति दिने काम गरिरहेका कार्यकारी अधिकृत कोइरालाई रामदयाल यादवले उनकैे कार्यकक्षमा प्रवेश गरी हातपात गरेको गरेका थिए ।
बीरगंज उपमहानगरपालिकाले करारमा राखेका सवारी चालकको करार सकिएको र करार थपका साथै परिश्रिमीक समायोजनको माग राखेर कार्यकारी प्रमुख समक्ष उनीहरुले निवेदन दिएका थिए । निवेदनमा कार्यकारी प्रमुखले प्रशासन शाखाको राय माग गर्दै तोक लगाएकोमा प्रशासन शाखाले त्यसबारे कुनै राय दिएन । राय नदिएको बिषयमा बुझन प्रशासन शाखामा गएका चालकहरु र अधिकृत यादव वीच भनाभन भएको थियो । भनाभनको क्रममा आक्रोशीत चालकहरुले मुड्की बजार्दा यादवको टेवुलको सिसा फूटेको थियो । यही बिषयलाई निहु बनाएर चालकहरुलाई कार्यकारी प्रमुखले पठाएको आरोप लगाउदै यादवले कार्यकारीको कार्यकक्षमा गएर हातपात गरेका हुन । उनीसंगै अर्का कर्मचारी मुना चौरसिया पनि गएका थिए । विगत केही समयदेखि उपमहानगरपालिकामा करारमा रहेका केही कर्मचारीको म्याद थप गर्ने बिषयमा प्रशसन शाखाले टिप्पणी उठाउने र कार्यकारी समक्ष पेश गर्ने प्रक्रिया अवरुद्ध भएकोले चालकहरु सो काम बढाउन प्रशासकीय अधिकृत यादवलाई भन्दै आएका थिए । उनीहरुको करार गत अषढ मसान्तमा सकिएको थियो ।
यादवको शाखामा सहयोगीको रुपमा कार्यरत महादेव यादव पनि पिटिएका छन । उनलाई नारयाणी उपक्षेत्रीय अस्पतालमा उपचारकोलागि भर्ना गरिएको छ । यादवले राजस्व शाखा वा लेखा शाखामा आफ्नो सरुवा माग गर्दै आइरहेका थिए ।