जीएचपीमा जुनियर रेडक्रस गठन

317

बिरगंज – पर्सा स्तिथ जीएचपी माविले आज विद्यालयमा जुनियर रेडक्रस गठन गरेको छ । स्कुलमा विद्यार्थीको हक हित र उनीहरुको चौतर्फि विकासमा टेवा पु¥याउने उद्देश्यले प्रितेश दुबेको अध्यक्षतामा विद्यालयले ११ सदस्यीय कमिटि गठन गरेको छ । उपाध्यक्षमा निरज ठाकुर, सचिवमा सैलेश जैसवाल, सहसचिवमा जिज्ञाशा लामा, कोषाध्यक्षमा अन्जली दुबे, र सदस्यहरुमा निरन्जन बाबु पटेल, प्रिन्स मिश्रा, देवशंकर रौनियार, ओम्निषा कापर, रेश्मा शर्मा र अस्बाब आलम रहेका छन् । त्यसैगरी शिक्षक तर्फबाट अध्यक्षमा आलोक कर्ण र उपाध्यक्षमा सन्तोष कुशवाहा मनोनित भएको जानकारी विद्यालयका शिक्षक सिवम साहले जानकारी दिए ।

विद्यालयका प्रबन्ध निर्देशक जग्प्रित सिंहको सभापतित्वमा भएको कार्यक्रममा, शिक्षक तथा समाजसेवी सलौदीन अहमदको अतिथि रहेका थिए । कार्यक्रममा विद्यार्थी आखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा जुनियर रेडक्रस सोसाइटीका सदस्य प्रभाकर गुप्ता र रेडक्रस सोसाइटीका शाखा अधिकृति उदयराज शर्माको उपस्तिथी रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक राजेश चौधरीले गरेका थिए भने ९ कक्षाकि वर्सा पालले स्वागत मन्तब्य दिएकि थिइन् ।

विद्यालयमा हुने हरेक क्रियाकलापमा सरिक भइ जिल्ला स्तरमा हुने विभिन्न कार्यक्रममा सहभागीता र उत्कृष्ट स्थान ल्याउने कार्यमा क्लवले सहयोग पु¥याउने विद्यालयले जनाएको छ ।