उधोगमा आगजनी करोडको क्षती

761

वीरगन्ज २५ भदौ । बाराको गढीमाई नगरपालिकाको छातापिपरामा रहेको त्रिवेणी फिड इन्ड्रस्टिजमा आज बिहान ५ बजे भएको आगलागीमा एक करोड मूल्यको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
बिहान बिधुतको तार सर्ट भएर आगलागि भएको उधोगका प्रशासकीय अधिकृत बिजय गिरीले बताए । बीरगंज र कलैयाबाट गएको बारुणयन्त्र र प्रहरीको सहयोगमा दुइघण्टामा आगलागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले जनाए ।
दाना उत्पालन गर्दै आएको उधोगमा भएको आगलागी बाट भएको क्षतीको बारेमा यकीन भने भइसकेको छैन । प्रहरीको संलग्नतामा क्षतीको यकिन तथ्य संकलन भइरहेको उधोग ब्यवस्थापनले जनाएको छ ।