हेटौडा २५ भदौ । प्रेस चौतारी नेपाल मकवानपुरको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चौतारीको उपाध्यक्षमा रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, सहसचिव पुष्पराज अधिकारी, कोषाध्यक्ष अमृता नेपाललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा आरती ढकाल, बिवश अधिकारी, नविन तिमल्सिना, शान्ति सुनुवार, उज्वल अधिकारी, रुपक कालिराज, हरि मिजार, रोशन श्रेष्ठ, सुनिल गौतम, अलि हुसैन, सरस्वती तिमल्सिना, निराजन गोपाली, प्रशान्त देव र देवराज रुम्बा रहेका छन् ।
प्रेस चौतारी नेपाल मकवानप्ुरको छैटौं जिल्ला अधिवेशनमा बोल्नुहुँदै प्रमुख एमाले केन्द्रीय सचिब योगेश भट्टराईले माओबादी काँग्रेस मात्रैले संबिधान संशोधन गर्न नसक्ने बताए । लामो संघर्षपछि देशमा जनताले मान्य संबिधान जारी भएको बताउँदै उनले एमालेको सहमती बिना संबिधान संशोधन हुन नसक्ने बताएका हुन । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले एमालेलार्इं बलियो र पहिलो पार्टीको रुपमा बनाउन प्रेस चौतारी सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले संगठनलाई सुद्धृढ बनाउन सबैलाई आब्हान गरे । जिल्ला अध्यक्ष शिवकुमार काशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय वरीष्ठ उपाध्यक्ष माधब नेपाल, केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर प्रदशे ईन्चार्ज विश्वमणी सुबेदी, केन्द्रीय उपमहासचिव रामकुमार एलन, एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सहईन्चार्ज बिरोध खतिवडा, जिल्ला अध्यक्ष मुनु सिग्देल, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य प्रताप बिष्ट, प्रेस चौतारी नेपालको पूर्व मध्यमाञ्चल उपाध्यक्ष देबरज रिमाल, युवासंघ नेपालको केन्द्रिय कोषाध्यक्ष हिदम लामा लगाएतको उपस्थिति रहेको थियो ।
प्रेस चौतारी नेपाल मकवानपुरको मिति २०७३ भाद्र २५ गते शनीबारका दिन सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट ११ बुँदे घोषणा पत्र पारित गरेको छ ।