गादीमा निशुल्क आँखा शिविर सम्पन्न

147

वीरगंज २५ भदौ । आज पर्साको गादी गाबिसमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडियो तराई श्रोता क्लब तथा रंगोली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना एवम दृष्टी आँखा अस्पतालको प्राबिधिक सहयोमा कार्यक्रम सम्पन्न भएको हो । गादीको रंगपुरमा रहेको श्री नेपाल राष्ट्रीय लक्ष्मण साह चन्द्र ज्योती मा बिको प्राङगणमा भएको कार्यक्रममा २५० जनाको आँखा परिक्षण गरिएको हो । २५० जना मध्ये ७० जनामा मोतिया बिन्दु भेटिएको अस्पतालका रैजु प्रसाद साहले जनाएका छन । मोतिया बिन्दु बिरामीहरुको मंगलबार शल्यक्रिया गरिने बताईएको छ । कार्यक्रममा दृष्टी आँखा अस्पतालका दृष्टी बिषेशज्ञ बसंन्त पौडेल, अमित कुमार सिंह,श्रोता क्लबका प्रकास चौधरी, रेडियो तराईको स्टेशन म्यानेजर राजेन्द्र सिंह लगायतकाको सहभागिता रहेको थियो ।