पिप्ले दुर्घटनामा एकको मृत्यु बीसजना घाइते

343
तस्विर ः शालीग्राम नेपालको पेसबुक वालबाट

चितवन २५ भदौ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा शनिवार बिहान बस र ट्रक एकापसमा ठोकिँदा ट्रक चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

ट्रकका चालक बारा गण्डकका ३० वर्षीय हेमन्त खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल पु¥याइएपछि उपचारको क्रममा भरतपुर

तस्विर ः शालीग्राम नेपालको पेसबुक वालबाट
तस्विर ः शालीग्राम नेपालको पेसबुक वालबाट

अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये बारा, कलैयाका ३६ वर्षीय लालबाबु मिया अन्सारी र मधुपुरका २५ वर्षीय सन्देश चौधरी, भारत समरनपिपुरका ३० वर्षीय अशोक गोढाध, भारत रक्सौलका १९ वर्षीय वीर सिंह र अर्का एक गम्भीर घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक, सहचालक र यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज आउदै गरेको ना५ख ३७४३ नंम्बरको बस र नारायणगढतर्फ जादै गरेको ना ६ख ६७९३ नंको ट्रक ठोकिँदा दुर्घटना भएको हो । ट्रकको अगाडिका दुवै पाङ्ग्रा ‘पङ्कचर’भएपछि बसमा ठोक्किन पुगेको थियो । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३३४ नम्बरको अर्को ट्रक समेत अघिल्लो ट्रकमा ठोक्किएको थियो ।