मेघा व्लड डोनेसन ड्राईभ २०१६ मा हरेकदिन रक्तदान हुने

196

वीरगंज २५ भाद्र ।
तेरापन्थ युवक परिषद वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा महिला र पुरुषगरी १२२ जनाले रक्तदान गरेका छन् । आर्दशनगर स्थित जैन भवनमा संस्थाका अध्यक्ष मनोज सेठियाको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रमा रंजित पोखरेल,जिवन चौधरी, निराजन महतो, शिव कुमार दास, कृष्णा कुमार, अरुण टिवडेवाल, दौलत सिंह भट, गोबिन्द देउला,टीकाबहादुर थापा, राजकुमार अधिकारी, जटाशंकर साह, सुर्दशन अधिकारी , राहुल सुवेदी ,संतोष बुडाथोकी, प्रफुल सिंह, मनोज श्रेष्ठ, सुनिल महतो, दिपक मोदी, अमित राना, बिरेन्teraद्र राय, रंजित कुमार, प्रमोद महतो,रिकी सर्राफ, मन्दिप माली, राकेश सर्राफ, नारायण पंडित ,मुकेश अग्रवाल,प्रमोद पाल, बिजय यादव,सुरेश महतो,बिशाल गुप्ता, विकेश गुप्ता, सुरेन्द्र कुमार, उपेन्द्र साह, सतेन्द्र चौधरी, राजेन्द्र दास लगायत १२२ जनाले रक्तदान गरेका थिए । जैन समाजका अगुवा एवं उद्योगपति अशोक बैद्यले मेघा व्लड डोनेसन ड्राईभ २०१६ नामक कार्यक्रम मार्फत जैन समाजका विश्वमा रहेका हरेका शाखाले एक एक दिन गरी ३६५ दिन नै रक्तदान कार्यक्रम गर्ने गरेको बताए । रक्तदान कार्यक्रममा संगठन मन्त्री नरेश वन्साली, पुर्व अध्यक्ष राजेश जैन, रक्तसंचार केन्द्र कि डिल्लीमाया घिमिरे लगायतको उपस्तिथि रहेको थियो ।