भवानी डिस्टिलरी दुई महिना देखि बन्द, मजदुर धर्नामा

677

बीरगंज २६ भदौ ।
वीरगन्ज । संचालकहरुको विवादका कारण बन्द रहेको बाराको भवानी डिस्टिलरीको संचालन अझै अनिश्चत भएको छ ।

कम्पनीका सञ्चाल मध्यका एक दिपक सिंह खडायतको निधन भएपछि उनका उत्तराधिकारीले उधोग संचालनमा चासो दिएका छैनन । उधोगका प्रवन्धक चोलेन्द्र कटुवालले खडायतको निधनपछि उनको श्रीमती उधोग संचालन नभइ बिक्री गर्ने पक्षमा रहेकी छिन । कम्पनी १० करोड रुपैया घाटामा गएको कम्पनी संचालन गर्ने साझेदारले बताएपछि काठमाण्डौ बस्दै आएका खडायतको ह्रदयघातका कारण मृत्यु भएको बताइएको छ ।

संचालन बिवादका कारण बन्द रहेको उधोग खोलन माग गर्दै मजदुर भने २१ दिन देखी धर्नामा छन ।बारको प्रसौनी गाविस ३ मा रहेको उधोग असार १६ देखी बन्द भएको हो । मजदुरले ३ सुत्रीय माग राखेका छन । उनीहरुले उधोग संचालन हुनु पर्ने बन्द अवधीको पारिश्रमीक पाउनु पर्ने लगायतका माग राखेका हुन ।

उद्योगमा २२ महिला र १८ पुरुष गरी कुल ४० मजदुर कार्यरत थिए । उधोग २०५६ सालमा सञ्चालनमा आएको हो । उद्योग सञ्चालनका लागि भदौ १६ गते श्रम कार्यालय वीरगन्ज र २३ गते जिल्ला प्रशासनक कार्यालय बारामा वार्ताको प्रयास भए पनि कुरा मिल्न नसकेको श्रम कार्यालय वीरगन्जका अधिकृत राधेश्याम झाले जानकारी दिए ।

उद्योगले मध्यम खाले ब्लु साइन, बायो भोडका, बायो ह्वीस्की, सौफी लगायतका मदिरा उत्पादन गथ्र्यो ।