सम्झौता कार्यन्वयन गरेर निकास दिन नेतृ यादवको माग

132

वीरगन्ज,२६ भदौं । संघीय समाजवादी फोरम नेपालीकी वरिष्ठ उपाध्यक्ष रेणु यादवले मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान सरकारको हविगत पनि ओली सरकार जस्तै हुने चेतावानी दिएकी छिन । उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सत्तारुढ गठबन्धनकाबीच भएको तीन बुंदे सहमतीलाई चाँडै कार्यन्वयन गरी मुलुकलाई निकास दिन माग गरेकी छिन ।
संघीय समाजवादी फोरम नेपाल पर्साले शनिबार वीरगन्जको अलौंमा अबेर राती सम्म आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पार्टीकी तराई मधेश प्रदशेकी अध्यक्ष समेत रहेकी नेतृ यादवले मधेसको मुद्दा सम्बोधन नभए सम्म मुलुकले अग्रगती लिन नसक्ने बताइन । उनले प्रधानमन्त्री पुष्पकमल दहाल भारत जानु अघी संशोधन प्रस्ताव सदनमा दर्ता गरी मुलुकलाई निकास दिनु पर्ने विचार व्यक्त गरिन ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दीले संसदबाट पारित गरिएको संविधानले मुलुकबाट उत्पीडिन र विभेदलाई अन्त्य गर्नुको सट्टा सत्ता समिकरणलाई नै अगाडि बढाउनु दुर्भाग्य पुर्ण रहेको बताए । उनले सात दशकको संर्घष जनताको वलिदानीबाट आएको संविधान सर्वस्वीकार्य नहुनु दुख्द रहेको विचार व्यक्त गरे । उनले प्रान्तको सिमाँकन मै विवाद रहेको बेला गाँउ पालिकाको बखेडा झिकिनु मुलकुको लागि राम्रो नभएको बताउदै सिमाँकन लगाएतको विवाद समाधान गरी तीनै तहको निर्वाचन गर्दा मुलुकमा दिगो शान्ति हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री करिमा बेगम विरेन्द्र यादव
पर्सा अध्यक्ष प्दीप यादव

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा अलौ माबिका पुर्व प्रधानाध्यापक धर्मदेव यादव लगायत दर्जनौ नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई रेणु यादव लगायत नेताहरुले पार्टीका स्वगत गरेकी थिइन । कार्यक्रम संचालन पार्टीका जिल्ला सचिव नागेद्र यादवले गरेका थिए ।