कोइराला-यादव काण्डको भित्री पाटो

2163
फाइल तस्विर

वीरगन्ज २७ भदौ । बीरगंज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामदयाल यादवले कार्यकारी अधिकृत बिष्णु कोइरालामाथि गरेको हातपातको घटनाले बिभिन्न तथ्यहरुलाई सार्वजनीक गर्दैछन ।
घटनालाई जुनसुकै कोणबाट नियाल्ने प्रयत्न गरेपनि त्यसको सार चाही प्रशासकीय अधिकृत यादवको लेखा वा राजस्व शाखाको जिम्मेवारी लिने आश्क्तीले काम गरेको एक जना अधिकृतको बिश्लेषण छ ।
यादव आफैले यो आँट गरेका होइनन उनका पछाडी अन्य केही अधिकृत पनि छन । कार्यकारी अधिकृत बाहेक अन्य सबै अधिकृत बीरगंजकै रैथाने हुन । रैथानेहरुको नजर बीरगंजको बिकासमा भन्दा पनि बिनासमा केन्द्रीत रह्यो । ति अधिकृतहरुकालागि बीरगंज उपमहानगरपालिका दोहनको अड्डा बन्यो । कार्यकारीहरु आउछन जान्छन तर रैथानेहरु न नागरिक प्रति उत्तरदायी भए न त नगरपालिका प्रति नै । कार्यकारीहरुलाई आफनो नियन्त्रणमा राखेर बीरगंजलाई लुटदै आएका अन्य रैथाने अधिकृतहरुले बिष्णु कोइरालालाई आफनो नियन्त्रणमा राखेर कज्याउन सकेनन त्यसैको कलाइमेक्स थियो शुक्रवारको घटना ।
प्रशासकीय अधिकृत रामदयाल यादवले पनि जति बदमाशी ग¥यो त्यती नै छिटो राजस्व वा लेखा शाखा पाइने निष्कर्ष निकालेर कार्यकारीलाई असहयोग गर्न थाले । उपमहानगरपालिकाको कर्मचारी संयन्त्रको प्रशासनीक प्रमुख भएर बसेका यादवले झण्डै ४० वटा सवारी साधन रहेको उपमाहनगरमा कार्यरत केही करारका चालकहरुको म्याद थप सम्बन्धमा कार्यकारीलाई राय समेत दिएनन । कानूनले नमिल्ने भए यो कानून र दफा अनुसार मिल्दैन भनेर लिखितै दिनु पर्ने हो तर यादवले त्यसको गरेनन त्यो उनको असहयोग नीति नै हो भन्ने ठान्छन ति अधिकृत । यादवले प्रशासनीक प्रमुखको रुपमा रहेर कर्मचारी प्रशासन लथालिङमात्र बनाएनन उपमहानगरपालिकाका कर्मचारीहरुको ब्यक्तिगत फाइल समेत आफू नजिकका संचारकर्मीहरुलाई दिएर ब्यवसायीक मर्यादा समेत तोडेका छन ।
कर्मचारीको ब्यक्तिगत बिवरण सबर्वजनीक गर्ने काम ब्यवसायीक मर्यादा भित्र पर्दैन त्यसैले पनि उनी त्यो तहको कर्मचारीको रुपमा काम गर्न योग्य छैनन भन्ने कुराको पुष्टी भएको जानकारहरु तर्क गर्छन । बीरगंज उपमहानगरपालिकामा ६५ जना कर्मचारीहरुको शैक्षीक योग्यताको प्रमाणपत्र जाली रहेको कुरा अहिले चर्चामा छ । प्रशासकीय अधिकृत यादवले बिभिन्न ब्यक्तिलाई चुहाएको सूचनाको आधारमा यस्तो हल्ला चलेको हो । यदी यही कुरा सत्या हो भने शैक्षीक प्रमाण पत्र नक्कली भएकाहरुले ढिलो चाडो आफनो जागिरबाट बिदा लिनु पर्ने अवस्था सृजना हुने तय छ ।