समग्र विकासको माग राख्दै ठोरीवासी राजधानीमा

275

 प्रस, ठोरी, २७ भदौ/   स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र युवासहितको प्रतिनिधिमण्डलले उच्च पदस्थ राजनीतिज्ञहरूसँग भेटेर ठोरीको समग्र विकासका लागि ज्ञापनपत्रसहितको मागपत्र पेस गरेका छन् ।
भारतले अघोषित नाकाबन्दी गरेको समयमा ठोरीले महŒवपूर्ण भूमिका खेलेको भन्दै ठोरीको तीव्र विकासको आकाङ्क्षा पूरा गर्न सर्वपक्षीय प्रतिनिधिमण्डलले अहिले राजधानीमा रहेर उच्च पदस्थ राजनीतिज्ञहरूसँगको भेटलाई तीव्रता दिएको हो ।
सोमवार अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जर्नादन शर्मा प्रभाकर, सिंचाइमन्त्री दीपक गिरी र खेलकुदमन्त्री दलजीत विक श्रीपालीलाई छुट्टाछुट्टै भेटेर आप्mनो माग प्रस्तुत गरेको प्रतिनिधिमण्डलको नेतृत्व गरेका नेकपा माओवादी केन्द्र पर्साका उत्पादन विभाग प्रमुख रामप्रकाश कुँवरले जानकारी दिए ।
टोलीले अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटी ज्ञापनपत्र बुझाएको छ । बैंकको स्थापना, पर्यटन विकास, नेपाल र भारत जोड्ने मुख्य नाका खोल्नुपर्नेलगायतका माग राख्दै अर्थमन्त्री महरालाई ज्ञापनपत्र बुझाएको कुँवरले बताए । ज्ञापनपत्र बुभ्mदै अर्थमन्त्री महराले बैंक स्थापना, पर्यटन विकास, नाकालगायतका माग सम्बोधन गर्न आजैदेखि लागिपर्ने आश्वासन दिएको कुँवरले बताए ।
लामो समयदेखि अलपत्र परेको विद्युतीकरण कार्य सम्पन्न गर्न सम्बन्धित निकायले कुनै चासो नदिएको भन्दै समस्याको पोको लिएर राजधानी पुगेको प्रतिनिधिमण्डल टोलीले ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई पनि ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुभ्mदै मन्त्री प्रभाकरले ठोरीको अलपत्र परेको विद्युतीकरण कार्य सम्पन्न गर्न तत्काल पहल थाल्ने प्रतिबद्धता जाहेर गरेका छन् । मन्त्री प्रभाकरले विद्युतीकरण कार्य किन रोकिएको भन्ने विषयमा वीरगंज प्राधिकरण शाखाका प्रमुखलाई कार्यकक्षबाटै फोनमार्पmत् बुभ्mने प्रयास गरेको कुँवरले जानकारी दिए । विद्युत् नपुगेको जिल्लाकै एकमात्र ठोरी गाविसमा विद्युतीकरण हुन नसक्दा विकासका सबै पूर्वाधार रोकिएको भन्दै तत्काल विद्युतीकरण कार्य सम्पन्न गरिदिन मन्त्रीसमक्ष आपूmहरूले माग राखेको कुँवरले बताए । आपूmहरूको मागप्रति मन्त्री प्रभाकार सकारात्मक देखिएको उनले बताए ।
ठोरीका जल्दोबल्दो समस्या लिएर राजधानी पुगेका डेलिगेसन टोलीले सिंचाइमन्त्री दीपक गिरीलाई पनि ज्ञापनपत्र बुझाएको छ । वैज्ञानिक सिंचाइ प्रणाली अपनाउन नसक्दा ठोरीका किसानहरूले सोचे जति कृषिजन्य वस्तु उत्पादन गर्न नसकेको भन्दै सिंचाइको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको कुँवरले बताए । ज्ञापनपत्र बुभ्mदै मन्त्री गिरीले सिंचाइका लागि सम्भावित क्षेत्रको किटान गरी तत्काल प्रस्ताव पेस गर्न आग्रह गरेको उनले बताए । टोलीले सोमवार नै खेलकुदमन्त्री दलजीत विकलाई समेत ज्ञापनपत्र बुझाएको छ । खेलकुदको क्षेत्रमा ठोरी जिल्ला उर्वर क्षेत्र भएपनि सुविधासम्पन्न रङ्गशाला नहुँदा असहज भएको भन्दै रङ्गशाला निर्माणमा सहयोग गर्न मन्त्री विकसँग माग गरिएको कँुवरले बताए । रङ्गशालाका लागि उचित स्थानको किटानसहित आपूmहरूले मन्त्रीको ध्यान केन्द्रित गरेको कुँवरले बताए । ज्ञापनपत्र बुभ्mदै मन्त्री विकले ठोरीमा रङ्गशाला निर्माणका लागि आपूmले सहयोग गर्ने वचन दिएको उनले बताए । स्थानीयस्तरबाटै रङ्गशाला निर्माणका लागि तत्परता देखाउनु राम्रो कुरा भएको भन्दै मन्त्री विकले रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने लगत स्टिमेट पेस गर्न आग्रह गरेको कुँवरले बताए ।
कुँवरसहित सांसद जयप्रकाश थारू, समाजसेवी अमृतकृष्ण सापकोटा, ठोरीका निवर्तमान गाविस अध्यक्ष उद्धव सापकोटा, नेपाली काङ्ग्रेस ठोरीका सभापति रामकृष्ण पन्त, एमाले ठोरीका अध्यक्ष जगेन्द्र पौडेल, नेकपा माओवादी केन्द्र ठोरीका इन्चार्ज यादवराज कुँवर, नेकपा माओवादीका रामबहादुर विष्ट, गाविस ठोरीका कार्यालय सहायक धनराज बोटलगायतका टोलीले मन्त्रीहरूसँग भेट गरेको हो । थारू पर्सा क्षेत्र नम्बर ५ बाट विजयी सांसद हुन् । प्रतिनिधि टोलीले प्रधानमन्त्री प्रचण्डलगायतलाई समेत भेट गरी ठोरीको समग्र विकासका लागि ध्यान केन्द्रित गर्ने कार्यक्रम रहेको छ ।सभारःhttp://www.prateekdaily.com/2016/09/blog-post_471.html