बालुवा उत्खनन रोक्न खोज्दा सीमामा भिडन्त

112

बीरगन्ज २९ भदौ ।
पर्साको गाविस पिडारी गुठी ओरिया खोलामा बुधवार भारतीय बालुवा तस्कर र शसस्त्र प्रहरी बीच भएको झडपमा परि दुई जना घाइते भएका छन ।
घाइते हुनेमा सशस्त्र प्रहरीका हवल्दार राजकुमार माझी र पिडारी गुठीका प्रभु चौधरी रहेका छन । सयौंको संख्यामा भारतको पश्चिमी चम्पारणको बिभिन्न स्थानीय इलाकाबाट ट्याक्टर लिएर ओरीया खोलामा बालुवा निकासी गर्न आएको भारतीयहरुलाई भिखमपुर सीमा सुरक्षा वेस क्याम्पबाट गएको शसस्त्र प्रहरी टोलीले रोक्न खोजदा झडप भएको हो ।
प्रहरीले स्थितिाई नियनत्रणमा लिन ३ राउण्ड अश्रुग्यास हान्नु परेको थियो । तस्कर र प्रहरीवीचको भुठभेठ बढदै गएपछि नेपाली सुरक्षाकर्मी पछि हटेको थियो । स्थिति नराम्रो भएपछि सशस्त्र प्रहरीलाई फिर्ता बोलाईको सीमा सुरक्षा बलका सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र ठाकुरले बताए ।
स्थितिलाई सामान्य पार्नकालागि पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भारतीय पक्षसंग पहल शुरु गरेको ठाकुरले बताए । उनले कुटनीतिक पहलबाट वालुवाको उत्खनन रेक्ने बताए ।
सीमामा रहेको खोलाबाट भारतीयले बालुवा उत्खनन गर्दा विगतदेखीनै पनि नेपाली तथा भारतीय पक्षबीच झडप हुँदै आएको छ । वालुवा उत्खनको कारण नेपाल तर्फको उब्जाउ भूमीस् हरेक वर्ष कटानमा पर्दै आएको छ ।