ठोरीमा फेरी बाघको आतँक

110
फाइल फोटो

ठोरी ३० भदौ । ठोरी चितवन राष्ट्रीय निकुञ्जबाट गाउँ पसेको बाघले ठोरीमा बिहिवार दिउँसो फेरी बाख्रा मारिदिएको छ । अपरान्ह ३ बजे घरनजिकै खेतबारीमा चर्न छाडेका स्थानीय भिमराज गिरीको बाख्रा निगाले बाघले आक्रमण गरि मारिदिएको पीडितले बताएका छन् । गाउँमा पसेर दिउँसो नै बाघले दिनहुँ जसो बाख्रापालक किसानको बाख्रा मारेर दुःख दिन थाले पछि किसानहरु चिन्तित बनेका छन् । एक बाख्रापालक किसानकालागि बाख्राको मूल्यले खास महत्व राख्दछ । बाख्रापालक किसानको घर, खोर र खेतबारीमा नै आएर बाघले बाख्रा मार्दा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएको गुनासो ठोरीबासीको छ । बाघले दुई दिन अगाडि मात्र सोही ठाउँ बस्ने पूर्णबहादुर कुवँरको घरकोे टाट्नमा बाँधेर राखेको बाख्रालाई मारेको थियो ।