प्रदुषणको समस्या बढदै गएकोमा सरोकारवालाको गुनासो

172

बीरगंज ३० भदौ ।बढदै गइरेहेको प्रदुषण नियन्त्रण र वतावरणीय मूल्याकंनका मापदण्डको कार्यान्वयन पक्ष फितालो भएको भन्दै सरोकारवालाहरुले असन्तोष ब्यक्त गरेका छन । बिहिवार प्रदुषण नियन्त्रण राष्ट्रीय रणनीति तथा कार्ययोजना तर्जुमा जिल्ला स्तरीय सरोकारवालासंग बीरगंजमा गरिएको कार्याशाला यस्तो असन्तोष ब्यक्त गरिएको हो ।
सहभागीहरुले कानूनी ब्यवस्था पालना तथा अनुगमनको पाटो कमजोर भएकोले प्रदुषणको समस्या बढदै गएको गुनासो गरे । जनसंख्या तथा वतवारण मंत्रालयको आयोजनामा भएको कार्यशालालाई बिश्व बैक आर्थिक सहयोग गरेको छ भने आई यु सी एनले प्राविधिक सहयोग गरेको हो ।
प्रदुषण नियन्त्रण कार्यान्वयनकोलागि आगामी पन्ध्र वर्षसम्म समग्र दिशानिर्देश गर्ने कार्याशालाको राण्नीतिक उद्धेश्य रहेको आई .यु.सी.एन – अन्तराष्ट्रीय प्राकृतिक संरक्षण कोषको परामर्शदाता डा.मेनुका पन्त न्यौपानेले जानकारी दिइन । पहिलो चरणमा सात प्रदेशका २÷२ जिल्ला गरि १४ जिल्लामा कार्याशाला गरिने उनले बताइन ।
बीरगंजमा सम्पन्न कार्याशालाले प्रदुषण नियन्त्रण राष्ट्रीय रणनीति ताथ कार्य योजना तयारी र त्यसको प्रथामिकताका क्षेत्रको निर्धारणका बिषयमा सरोकारवालालाई जानकारी गराइएको थियो । प्रदुषण नियन्त्रणका प्रयास त्यसका असर र चुनौतीहरु र वतावरण मैत्री बिकासको बिश्लेषण गरिएको थियो । कार्यक्रममा सहभागिहरुले प्रदुषण नियन्त्रणको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अधिकार सम्पन्न जिल्ला स्तरीय संयन्त्रको आवश्यकता रहेकोमा सरोकारवालाले जोड दिएका थिए । कार्यक्रममा बीरगंज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाशमान अमात्य, जिन्सी अधिकृत शम्भू गुप्ता ,सामाजिक बिकास महाशाखा प्रमुख सुनिल कर्ण पूर्व मंत्री करिमा बेगम,पत्रकार के.सी.लामिछाने महेशचन्द्र गौतम ,चेस नेपालका अध्यक्ष बिनय यादव चञ्चला दास कमल चौगाई बीरगंज उधोग वाणिज्य संघका मनोज उपाध्याय लगायतले आफना बिचार राखेका थिए ।