नेपाल र भारतबीच तीन वटा सहमति, के-केमा भयो सहमति?

368

काठमाडौँ । नेपाल र भारतबीच तीन वटा सहमतिमा हस्ताक्षर भए पनि त्यसमा नयाँ विषय भने छैन। एउटा सहमति नेपालको तराई क्षेत्रमा सडक पूर्वाधारसम्बन्धी हो भने दुई वटा भूकम्पपछिको पुननिर्माणसम्बन्धी।

दुवै देशका प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा सहमति पत्र आदान प्रदान गरिएको थियो।

तराई क्षेत्रमा सडक पूर्वाधारको स्तरिकरण र सुधारका लागि प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेल्सी सर्भिसमा समझदारी पत्रमा नेपाल र भारतबीच हस्ताक्षर भएको छ।

त्यसैगरी नेपालमा भूकम्पपछिको पुननिर्माण परियोजनाका लागि पहिलो अमेन्डेटरी डलर क्रेडिट लाइन र ७५ करोड अमेरिकी डलरको नयाँ डलर क्रेडिट लाइन सहमतिमा हस्ताक्षर भएको छ।

चीनलाई चुनौति दिन भारतले नेपालको पूर्वपश्चिम रेलमार्गमा सहयोग गर्ने चर्चा भारतीय मिडियामा भएको भए पनि यस विषयमा केही पनि सहमति भएको छैन।

नेपालले मागेको तीन वटा थप एयर इन्ट्री रुटमा पनि सहमति हुन सकेन। संयुक्त प्रेस मन्तव्यमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा अर्को बैठकमा कुरा हुने भएको बताए।

दोस्रो पटक प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जानुअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धेरैले धेरै थरिका सुझाव दिएका थिए। सुझावको सूची सुनेपछि उनले यो पनि नगर त्यो नगर भन्नुहुन्छ भने बरु मलाई नजाऊ भन्नुस् समेत भनेका थिए।