बाल श्रम, बाल विवाह र दाइजो विरुद्ध ज्ञानवाटिकामा सचेतनामुलक नाटक प्रर्दशन

189

बिरगंज – बाल श्रम, बाल विवाह र दाइजो विरुद्ध आज ज्ञानवाटिका उच्च मा. विद्यालयमा सचेतिकरण नाटक प्रर्दशन गरिएको छ । बाल श्रम र बाल विवाह विरुद्धको अभियान्त अन्तरगत सानो पाइला र जिल्ला बाल कल्ब, पर्साको सहकार्यमा आज ज्ञानवाटिका उच्च मा. विद्यालय, पर्सामा नाटक प्रर्दशन गरिएको हो ।

बाल श्रम, बाल विवाह र दाइजोको बेफाइदा र प्रभाव, त्यसले पार्ने अल्पकालिन तथा दिर्घकालिन समस्याका बिषयलाई नाट्कले चित्रण गरेको नाटकलाई सानो पाइलाका निरज सिंहले निर्देशित गरेका थिए । तराई भेगमा बाल श्रम, बाल विवाह र दाइजो जस्ता समस्या अहिले पनि प्रचलित रहेका कारण, बालबालिकाहरुमा जनचेतना फैलाउने उद्देश्य नाट्क प्रर्दशन गरिएको थियो । नाटकमा १२ जना कलाकारहरुले बाल श्रम, बाल विवाह र दाइजो कसरि हुन्छ र र यसबाट विद्यार्थी तथा बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा कसरी असर पु¥याएको हुन्छ लगाएतको विषयमा सन्देश प्रवाह गर्ने काम गरेका थिए ।

कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक हरिहर प्रसाद यादवले गरेका थिए भने संयोजन विद्यालयका संयोजक आशु सराफ्ले गरेका थिए । कार्यक्रममा विद्यालयकि प्रधानअध्यापक डा. अन्जु कुमारी पनि उपस्तित थिइन् ।