१४ मा सदभावनाको इकाई कमिटी गठन

273

वीरगंज ,भदौ ३१
सदभावना पार्टीले वीरगंज उपमहानगरपालिका वडा नं. १४ मा वडा ईकाई कमिटी गठन गरेको छ । वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको सभापतित्वमा बसेको बैठकले खलिल मियाँ मन्सुरीको अध्यक्षतामा २१ सदस्सीय वडा इकाई कमिटी गठन गरेको हो । नव गठित कमिटीको उपाध्यक्षमा लक्ष्मण धानुक र सलमा खातुन , सचिव रन्जित गिरी, कोषाध्यक्ष रमेश चौरसिया, सल्लाहकार गोरख माली, सदस्यहरु अवधकिसोर चौरसिया,बलिराम साह, नजमा खातुन, सायरा खातुन, लगायत रहेका छन् । कार्यक्रममा सदभावना पार्टीका जिल्ला उपाध्यक्ष जगदिश पटेल, सचिव राजेश साह, महिला मंचकी जिल्ला अध्यक्ष रेखा साह, क्षेत्र नं. २ का प्र्रभारी ईश्वर यादव, मजदुर मंचका जिल्ला अध्यक्ष दिनेश चौरसिया, पर्साका युवा नेता धर्मेन्द्र पटेल, नगर उपाध्यक्ष सुरेश साह कानु, वडा नं. १४ कि महिला अध्यक्ष बबिता देवी सर्राफ, सचिव निर्मला कलवार लगायतको उपस्तिथि रहेको थियो ।