१५ हजार घुससहित नापी अधिकृत पक्राउ

219

बुटवल ३१ भदौ । नगद पन्ध्र हजार घुससहित शुक्रवार नापी कार्यालय भैरहवाका नापी अधिकृत गंगा प्रसाद साह फत्रउ परेका छन । उनलाई ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
साह बिरुद्ध एक सेवाग्राहीले घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा अख्तियारले साहलाई रंगेहात पक्राउ गरेको हो ।
ऋधिकृत साहले सिद्धार्थनगर नगरपालिकाको कित्ता नंम्बर ३४०८ को दश धुर क्षेत्रफलको जग्गा र घरको हाल साविक घुस रकम माग गरेका थिए ।
सूचनाका आधारमा उनलाइ आयोगको बुटवल स्थित कार्यलयबाट खटिएको टोलीले सिद्धार्थनगर नगर नगरपालिका ३, सिद्धार्थ गौतम कोलोनी स्थित सेवाग्राहीको घरबाट घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।
उनीबारे थप अनुसन्धान भैरहेको अख्तियार पश्चिमाञ्चल कार्यालय बुटवलले जनाएको छ ।