दरमियाको बिमोचन सम्पन्न

524

वीरगंज १ असोज
हिन्दी म्युजिक भिडिओ तेरे मेरे दरमिया को आज एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । वीरगंज माईस्थानमा रहेको क्याण्डी सप रेष्टुरेन्टमा आज बिहान वीरगंजका गरेका हुन ।
सप्तरी जिल्ला राजबिराज निवासी अशोक आर्यन यादवको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा नायिका मलिका चौलागाई, सहयोगी कलकारमा राज रोकाया रहेका छन् । त्यसैगरी म्युजिजको निर्देशक र छायाँकन रन्धीर श्रेष्ठले गरेका छन् भने निर्माता दिपेन्द्र यादव रहेका छन् । यसैगरी भिडिओमा भन्टु यादवको स्वर र शब्द रायन कायस्तको रहेको छ । भिडिओको लागि फोटो ग्राफिक्स र सह छायाँकन बिकास प्रजापति र मेकअपमा चन्द्र गुरुङ्ग र संतोषले गरेका छन् । लारेव बावलाको संगीत र अशोक आर्यन यादवको कथा रहेको भिडिओको छायाँकन काठमाडौं र वीरगंजका बिभिन्न ठाँउमा गरिएको छ । ईनोसेन्ट हर्ट नामक एल्बममा रहेको गीत तेरे मेरे दरमिया को बिमोचनमा बोल्दै नायक यादवले एल्बममा रहेका अन्य गीतहरु चाँडै नै बजारमा ल्याउने बताएका थिए । साथै यादवले सोमबार सम्म नेपाल मार्फत यु ट्युवमा गीत उपलब्ध हुने जानकारी दिए । बिमोचन कार्यक्रममा समाजसेवी कमल चौलागाई, मार्टिन मोक्तान, स्थानीय कलाकार आनन्द चर्तुवेदी, युवराज केशरी, लगायतको उपस्थिति रहेको थियो ।