नेपाल भारत सम्बन्ध बिश्वासको आधारमा अगाडि लानु पर्छ ः नेता नेपाल

155

वीरगन्ज,१ असोज । शनिवार काठमाडौंमा आयोजित नेपाल भारत समिट २०१६ का सहभागिहरुले दुई देशविचको सम्बन्ध बिशिष्ठ रहेको र यसलाई अझ सुदृढ गर्नु पर्नेमा जोड दिएका छन् । भारतसंगको नेपालको सम्बन्ध प्राचिन रहेको र सुदृढ बनाएर अगाडि बढ्नु पर्ने सहभागिले बताएका छन् । ‘नेपाल र भारतवीचको सम्बन्ध बिशिष्ठ छ, यसलाई बिश्वासको आधारमा अगाडि लैजानेु पर्ने हुन्छ,’ कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘नेपाल–भारतको यो सम्बन्ध ऐतिहासिकताको धरातलमा स्थापीत छ ।’
मिडिया फोर बोर्डर हार्मेनी र मधेसी पत्रकार संघको आयोजनामा काठमाडौको होटेल एलो पैगोडामा भएको कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राज्यसताको चिन्तन बिभेदकारी भएकोले आन्दोलन गर्नु परेको बताए । कार्यक्रमको अध्यक्षता गरेका भारतको मुज्जफरपुरका साँसद तथा त्यहाँस्थित मिडिया फोर बोर्डर हार्मोनीका संरक्षक अजय निषादले दुबै मुलुकले एकअर्कासंग राम्रो र मधुर सम्बन्ध बनाएर दुबै देशको र जनताको हित हुने बताए ।
सद्भावना पार्टीका सहअध्यक्ष रहेका सांसद लक्षमणलाल कर्णले आफुहरुले नेपालमा बेग्लै अस्तित्व नखोजेको र नेपालभित्रै सम्मानजनक पहिचान र अधिकारको चाहेको बताए । भारतीय सांसद जनक राम र मुकेश राजपुतले नेपाल भारतको सम्बन्ध प्रगाढ बनाए दुबै देशको हित हुने बताए । कार्यक्रममा भारतको विहारको बिधानसभा सदस्य देवेशचन्द्र ठाकुर, नेपालका लागि भारतको कार्यवाहक राजदुत विनय कुमार, फोरम नेपालका नेता प्रदीप यादव, भारतीय पत्रकार अमरेन्द्र तिवारी लागयतले मन्तब्य राखेका थिए । कार्यक्रमको दोस्रो सत्रमा १९ बुँदे घोषणापत्र जारी गरियो ।