बार अध्यक्षमा यादव सचिवमा सर्राफ

148

13907004_914238165352791_2867731148518133136_n वीरगंज १
असोज 14358979_1289641184401081_3479190216122611416_n
नेपाल बार एशोसिएशन पर्सा इकाईको शनिवार सम्पन्न निर्वाचनबाट अध्यषमा रामाशिष यादव बिजयी भएका छन । उनले ७७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वण्द्वी कमल मोहन पोख्रेलले भने ६३ मत प्राप्त गरेका छन । त्यस्तै गरि उपाध्यक्षमा धिरज शर्मा ७३ मत प्राप्त गरेर बिजयी भएका छन उनका निकटतम प्रतिद्वण्द्वी महम्मद नौशादले ६७ मत प्राप्त गरेका थिए । सचिवमा हरेराम सर्राफ ६५ मत प्राप्त गरि बिजयी भएका छन । उनका निकटतम प्रतिद्वण्द्वी शैलेन्द्र चौरसियाले ५२ मत प्राप्त गरेका छन । बिजयी सचिव नेकपा एमाले निकटको कानून ब्यवसायीहरुको संस्था पिपिएलए पर्साका अध्यक्ष समेत हुन ।