सरसफाई सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

133

वीरगंज १ असोज
बीरगंज उपमहानगरपालिकाको आयोजनामा सरसफाई सम्बन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
बीरगंज उपमहानगरपालिकाका ३० वटै वडाका सामाजिक परिचालक र १५ जना प्रज्वलकहरुलाई सरसफाई सम्बन्धी प्रशिक्षक प्रशिक्षण दिइएको बीरगंज उपमहानगरपालिकाको सामाजिक बिकास महाशाखाका प्रमुख सुनील कर्णले बताए । दुई दिन सम्म चलेको प्रशिक्षणमा बीरगंज उपमहानगरपालिकालाई खुलादिशामुक्त नगरको रुपमा घोषणा गर्नकालागि योगदान पु¥याउन प्रशिक्षकहरु तयार पार्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
तालिममा खुला दिशामुक्त नगरको रुपमा घोषणा गर्नकालागि रहेका समस्या ,अवसर र चुनौतीको बिषयमा छलफल भएको थियो । चर्पी निर्माणको आवश्यकता ,चर्पी नहुदाका नोक्सानीका बिषयमा नगरवासीलाई कसरी उत्प्रेरीत गर्ने भन्ने बिषयमा तालिममा छालफल भएको थियो । दुई दिने प्रशिक्षण कार्यक्रममा सरसफाई बिषयका जानकार तवरेज अहमदले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा बीरगंज उपमहानगरपालिकाको सामाजिक बिकास महाशाखाका उपप्रमुख मुकेश गुप्ताले सामाजिक परिचालक एवं प्रज्वलकहरुको भूमिकाको बिषयमा प्रकाश पारेका थिए ।