पाकिस्तान आतंककारी देश हो भारतीय गृहमन्त्री

148

भारतका गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान आतंककारी मुलुक भएको बताएका छन्।
भारत प्रशासित कश्मिरमा आइतबार बिहान १७ सैनिकको  ज्यान जाने गरी भएको हमलापछि सिंहको आक्रोशपूर्ण प्रतिक्रिया आएको हो। ‘पाकिस्तान एक आतंककारी देश हो  त्यसलाई एकल्याउनु पर्छ र अलग पार्नुपर्छ’, सिंहले भनेका छन्।
उनले उरी हमलाका हमलाकारीको तालिम, हतियार र साधनयुक्त अवस्थाले पाकिस्तानले उनीहरूलाई सहयोग गरेको देखिने बताएका छन्।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमलामा संलग्नलाई कारबाही गरेरै छाड्ने  बताएका छन्। ‘म राष्ट्रलाई भरोसा दिलाउँछु, यो कारयतापूर्ण हमलामा  जो संलग्न छन् उनीहरूलाई सजाय जरुर मिल्नेछ।’ मोदीले ट्वीट गरेका छन्।
आइतबार बिहान कश्मिरको उरीमा  सैन्य क्षेत्रमा हमला हुँदा १७ भारतीय सैनिकको ज्यान गएको थियो भने मुठभेडमा चार विद्रोही मारिएका थिए।