भारतमा परमाणु आक्रमण गर्ने  चेतावनी

289

काठमाडौं२ असोज ।

भारत प्रशासित कश्मिरमा १७ सैनिक मारिने गरि भएको आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध हुने गरी वाक युद्ध शुरु भएको छ ।उरी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप भारती पक्षले लगाएपछि पाकिस्तानले भारतलाई परमाणु हमला गर्ने धम्की दिएको छ।पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिमले एउटा टेलिभिजन अन्तरवार्तामा आफ्नो देशले भारतमा परमाणु हमला गर्न सक्ने चेतावनी दिएपछि भारतमा हंगामा भएको छ ।

‘भारत पाकिस्तानको अस्तित्वमाथि आक्रमण गर्छ भने भारतले त्यसको नतिजा भोग्नु पर्नेछ,’ चेतावनीको भाषामा ख्वाजाले भने । उरी आक्रमणपछि भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान आतंकबादी देश भएको टिप्पणी गरेका थिए ।

उक्त आक्रमणपछि भारतले देशभरीका विमानस्थलमा अलर्ट जारी गरेको छ ।