कालो दिन भन्दै मोर्चाको बिरोध प्रर्दशन

136

बीरगंज ३ असोज ।
नेपालको सम्बिधान प्रति असन्तुष्टी जनाउदै आन्दालन गरिरहेको संघीय गठबन्धनले सम्बिधान दिवसलाई कालो दिनको रुपमा लिएर बिरोध जनाएको छ ।
मोर्चाले बीरगंजमा बिहान घण्टाघरमा गत वर्ष आन्दोलनका क्रममा खिचिएका फोटोहरुको प्रर्दशनी गरेको थियो ।
दिउसो २ बजेदेखी कालो झण्डा सहितको बिरोध जुलशको आयोजना हुने भएको छ । बीरगंजको घण्टाघरबाट निसक्ने जुलुसले बीरगंजको बिभिन्न भागको परिक्रमा पछि घण्टाघरमै पुगेर सभामा परिणत हुने छ । सभालाई बिभिन्न दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैपरि बेलुका ७ बजेदेखी ८ बजे सम्म ब्ल्याक आउटको कार्यक्रम रहेको नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले जनाकारी दिएका छन ।