‘कालो दिवस दोहोरो चरित्र ’

265

अली असगर

बीरगंज ३ असोज /नेपाली जनताका प्रतिनिधिहरुले जनताको नासोको रुपमा नेपालको सम्बिधान २०७२ जारी गर्दै गर्दा मधेशमा कालो दिवस मनाइएको थियो । गत वर्ष सम्बिधान जारी हुदा बीरगंजमा शत्रुघ्न पटेलले ज्यान गुमाउनु परेको थियो । त्यतीबेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सगोलामा थियो । सम्बिधान जारी भएको १ वर्ष बित्दै गर्दा श्रीसियामा धेरै पानी बगेको छ । यो वीचमा राजनीतिक आँगनमा पाच्य र अपाच्य त्यस्त धेरै दृश्यहरुको मंचन भयो । बीरगंजको मितेरी पुलमा रहेको नाकाबन्दी सिहंदरवार घेराउहुदै प्रवेश मार्गको तयारीमा जुटेको छ । तर अहिले आन्दोलनको नेतृत् वगर्ने मोर्चामा संकट पैदा भएको छ । गएको असोज ३ गते एकसाथ कालो दिवस मनाएका मधेशी मोर्चा र संघीय गठबन्धन एक वर्ष बित्न नपाउँदै फुटको संघारमा पुगेकोले संकट पैदा भएको हो । राजधानीमा फरक स्थानमा कार्यक्रमको आयोजना भएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय गठवन्धनले रत्नपार्क शान्तिबाटिकामा कार्यक्रम राखेको छ भने चार दलले माइतीघर मण्डलामा आफना कार्यक्रमहरु तय गरेको छ । तमलोपा, सद्भावना, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी चार दलमा आवद्ध रहेको छ । राजधानीमा मोर्चामा देखिएको यो बिभाजन तल भने आइपुगेको छैन । पर्सामा संयुक्त रुपमा कार्यक्रम गरिएको नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले जनाकारी दिए । राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा भन्छन्,–‘चार दल र संघीय गठवन्धनमा कुनै ठोस एजेण्डामा मतभेद नरहेपनि दुबै मोर्चाका अगुवा नेताहरुले आफनो संयोजकत्वमा कार्यक्रम भएको देखाउनको लागि मात्र अलग अलग ठाउँमा कार्यक्रमको आयोजना गरेका हुन ।’ यसले मधेशका जनता र आम नेतामा समेत असर परेकोे बताउँदै उनले भने , अब यसले मोर्चामा फुट आएको संकेत देखाएको बुझ्नुपर्छ । मधेशमा कालो दिवस नै कीन भनेर प्रश्नहरु पनि उठन थालेका छन । समिबधान जारी हुदै गर्दा “यो हाम्रो सम्बिधान हैन” भनेर जलाउन आव्हान गर्नेहरुले त्यही समिबधानका धाराहरुमा टेकेर सरकार बनाउने र भत्काउने काममा संलग्न भएको देखेपछि शिक्षीत युवा जमातलाई कालो दिवसको अर्थ छैन भन्ने लागेको छ । बीरगंजमा मधेशी बुद्धिजीवीहरुलाई आन्दोलनमा जोडेर आन्दोलनलाई उचाई दिन सफल तवरेज अहमद पनि सम्बिधानमा केही धारा संशोधन योग्य छन तर पुरै सम्बिधान बेठीक भन्ने कुरासंग सहमत हुन नसकिने बताउछन । सरकारले सडकमा संघर्ष गर्न दिएन गोली हान्यो भन्दै नाकामा धर्नामा बसीरहेका नेताहरु एकाएक सुशिल कोइारलालाई प्रधानमंत्री बनाउन बीरेन्द्र अन्तराष्ट्रीय सम्मेलन केन्द्रमा पुग्दा नेपालमा कुन सम्बिधान थियो ? उनले भने “त्यही सम्बिधानमा टेकेर सरकार बनाउने र गिराउने खेल गर्नेले कालो दिवस भन्नु दोहोरो चरित्र भएको उनको ठहर छ । हिजो सम्बिधान जलाउनेहरुले अहिले केही बुंदा सश्ंोधन भएपनि हुने तर्क गरेका छन । कसैले शब्दमा पूर्नलेखन समेत भन्ने गर्छन । हाम्रो सम्बिधान होइन भनेर जलाउन लगाउनेहरुलाई अहिले सम्बिधानमा केही बुूदा संशोधन गर्नु पर्छ भन्ने कुरा स्थापित गर्न गा¥हो भएकोले कालो दिवसको मनाउने फरमान जारी भएको ठान्छन एमालेका युवा नेता अरविन्द सिंह । ‘कालो दिवस मनाउनु भनेको कार्यकर्ता टिकाउने मेसो मात्रै हो ।’सोझासाझा जनता लाई अझै भ्रममा राखेर अर्कोचुनाव नहुञ्जेलसम्म मधेशका मुद्धा जीवीत राख्ने खेलामा उनीहरु रहेको उनको बुझाई छ । त्यस्तै बीरगंजका युवा आशु सर्राफले आजै आफनो सामाजिक संजालमा यस्तो टिप्पणी गरेका छन । संविधान मैले माने, र मधेशी दलहरुले पनि मानीनै सकेका छन । संविधानमा मेरो पनि केही असन्तुष्टीहरु छन तर त्यो असन्तुष्टीहरुलाइ पुर्ती गर्ने मधेशी दलहरु असक्षम छन । तसर्थ मैले अब मधेशी दलहरुको नारालाई समर्थन गर्ने छाडे, अबको मधेशको अधिकारको लडाइ स्वयं लडिन्छ ।