टेलिकममा जुवाको खाल, ६ पक्राउ

380

वीरगञ्ज, असोज ।

नेपाल टेलिकमका कर्मचारीहरु तास खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । वीरगञ्जको घण्टाघर स्थित नेपाल दुरसञ्
चार कार्यालयका प्रमुख र लेखापालको क्वाटरमा तास खेलिरहेको सूचनाको अधारमा पर्सा प्रहरीले सोमबार दिउ“सो छापा मारेर टेलिकमका ६ जना कर्मचारीहरुलाई तासको खालमा रहेको रकम र तास सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा टेलिकम कार्यालयका नायब सुब्बा नवलकिशोर साह, अधिकृत संजय चौधरी, सिनियर टेक्नीसियन अमुल्य शमसेर जबरा, खरिदार दिलिप चौधरी, लाईन म्यान राम पुकार पाल र एकजना सेवा निवृत कर्मचारी देवधारी महतो रहेका छन् । उनिहरुको
साथबाट जुवा खेल्दै गर्दाको ६ हजार ८१ रुपैया“ नगद र ३ प्याकेट तास प्रहरीले बरामद गरेको छ ।

टेलिकमका कर्मचारीहरु कार्यालय समयमा कार्यालयमा नबस्ने, हाजीरी गरेर कार्यालय समय भन्दा पहिले नै बाहिर जाने र तास खेल्ने लगायतको गुनासोको अधारमा सोमबार प्रहरीले रंगेहाते ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीहरुलाई छुटाउन प्रहरीलाई निकै दवाव परेको श्रोतले जनाएको छ । तर पर्साका प्रहरी उपरिक्षक डा. राजुबाबु श्रेष्ठले भने पक्राउ परेकाहरुका बारेमा अनुसन्धान भइरहेको र उनिहरु पेसेवर जुवाडे देखिए जुवा ऐन अन्तर्गत मुद्दा चलाउने जानकारी दिए ।